हेटौँडामा मेला हेर्न निःशुल्क बस सेवा सञ्चालन हुने

हेटौँडा, १३ फागुन । मकवानपुरको हेटौँडामा यही फागुन १६ गतेदेखि हुने राष्ट्रिय औद्योगिक व्यापार मेला हेर्न जाने दर्शकहरुलाई मेलास्थलसम्म पुग्न निःशुल्क बस सञ्चालन हुने भएको छ । हेटौँडा १५ मा रहेको ऋद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडा ५ क्याम्पा डाँडासम्म पुग्नका लागि हेटौँडा बजारबाट निःशुल्क रुपमा दर्शकलाई ओसार पसार गर्ने भएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको मेलालाई अवलोकन गर्न सहज बनाउने उदेश्यले सोमबार संघको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै सिमेन्ट उद्योगले यस्तो निर्णय सार्वजनिक गरेको हो । उद्योगको उत्पादनलाई सहज ढंगले आम उपभोक्ता समक्ष पुर्याउन मेलाले समेत भूमिका खेल्ने बताउँदै यसमा सहभागी हुन पाउँदा खुशी लागेको उद्योगका क्षेत्रिय विक्री प्रबन्धक विक्रम खतिवडाले बताए ।
करिब ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको यस मेलाको लागि सिमेन्ट उद्योगको तर्फबाट ३ वटा बस सेवा निःशुल्क रुपमा संचालन गरिने बताइएको छ । निःशुल्क बस सेवाबाट दैनिक २ हजार जनालाई प्रत्यक्ष सेवादिने लक्ष्य रहेको खतिवडाले बताएका छन् । हेटौंडा बजारको जिल्ला प्रहरी कार्यालय, मउवा संघको चोक र सिमाचोकका साथै शितलमहल चोकबाट बस सेवा सञ्चालन हुने बताइएको छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै