मोनिका मोक्तानको सेलोमा अमिर र निरञ्जलीको रोमान्स

१३ फाल्गुन २०७५, सोमबार १०:१८
Amir Dong Niranjali Lama-Murchunga TV

हेटौँडा, १३ फागुन । गायिका मोनिका मोक्तानको नयाँ सेलो गीतको म्यूजिक भिडियोले सार्वजनिक भएको केही दिनमा नै चर्चा कमाउन सफल भएको छ । ‘वैशालु जोवन’ बोलको म्युजिक भिडियोलाई केही दिनमा नै युट्युबमा करिब २८ हजार पटक हेरिएको छ ।

हस्त लामा ‘हार्दिक’ को शब्द तथा विशाल काल्तानको संगितमा तयार भएको गीतलाई दिपेश प्रधानले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा चर्चित नायक अमिर दोङ र निरञ्जली लामाले मुख्य भूमिकामा अभिनय गरेका छन् । त्यस्तै कुईसाङ रुम्बा र गायिका मोनिका मोक्तान पनि भिडियोमा देखिएका छन् । प्रकाश वाईबा तामाङको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई अमिर दोङले नै निर्देशन गरेका हुन् ।

विक्रम मोक्तानले कलरिङ गरेको म्यूजिक भिडियोमा सेन्साई पेमा वाईबाले ड्रोन चलाएका छन् । डम्फु मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा करिब एक हजार कमेन्ट लाईक तथा करिब एक सयवटा कमेन्टहरु गरिएका छन् । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*