वक्तृत्वकलामा स्वस्तिका घलान प्रथम

१३ फाल्गुन २०७५, सोमबार ०८:४६
Swostika Ghalan-Murchunga TV

मकवानपुर, १३ फागुन । मकवानपुर जिल्लाका विभिन्न १२ वटा माविका १२ जना विद्यार्थीहरुको सहभागिता रहेको मावि स्तरीय वतृत्वकला प्रतियोगितामा चन्द्रोदय मावि कमानेका स्वस्तिका घलान प्रथम भएका छन् । रेडियो थाहा सञ्चारको वार्षिक उत्सवका अवसरमा आयोजित प्रतियोगितामा घलानले अन्य प्रतियोगिलाई पछि पार्दै पुरस्कार हात पारेकी हुन् ।

विभिन्न विद्यालयमा आयोजना हुने वक्तृत्वकला तथा अन्य प्रतियोगिताहरुमा पनि घलानले आफुलाई अब्बल सावित गर्दै आएकी छिन् । प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका राजकिरण शाह दृतीय र बाल उज्जवल मावि लेवटका आशिका जमकट्टेल तृतीय भएका थिए । प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरुलाई नगद तथा मायाको चिनो र मेडल प्रदान गरिएको थियो भने सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साहित्यकार ह्याग्रिव आचार्य र नारायणी यातायात व्यवसायी संघका कार्यालय प्रमुख समुन्द्रराज खड्काले निर्णायक रहनुभएको थियो । नारायणी यातायात व्यवसायी संघ मुख्य प्रायोजक रहेको प्रतियोगिताको आदर्श एजुकेशन फाउन्डेसन र गौतम मोवाइल सेन्टरले पुरस्कारको व्यवस्था गरेको थियो ।

वक्तृत्वकलामा बढ्दो सवारी चाप संगै सडक विस्तार हुन नसक्दा अकालमा ज्यान गुमाउनेहरु बढ्दै गएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले ५०–६० वर्षअघि बनेका सडक अहिलेसम्म नलम्बिुन र चौडा नहुनु नै विडम्बना भएको बताएका छन् । सडक विस्तार नहुँदा जाम त्यत्ति नै बढेको उनीहरुले बताए । १० मिनेटमा पुग्ने बाटोमा सवारी जामले गर्दा आधा घण्टा तथा १ घण्टा समेत लाग्ने गरेको उनीहरुले बताए । आफूहरु विद्यालय जानु आधी घण्टामा पुग्ने बाटोमा जाममा पर्ने हुनाले नै १ घण्टा अगाडी घरबाट निस्कनु परेको उनीहरुले गुनासो गरेका छन् । विद्यार्थीहरुले सडक विस्तार नहुँदा दुर्घट्नामा वृद्धि, समय वर्वाद, समयमा कहीकतै नपुगिने, सुत्केरी, विरामीको मृत्यु हुने जस्ता समस्या निम्तिएको स्मरण गरेका छन् । उनीहरुले स्थानिय तवरमा उत्पादन भएका स्थानिय स्रोत, वस्तु सडककै समस्याले कुहाउन बाध्य भएको बताए ।
यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*