युट्युब ट्रेण्डिङ : भद्रगोल, कर्ली कपाल र सावित्रीको कब्जा

१२ फाल्गुन २०७५, आईतवार २०:०१
Bhadragol-Murchunga TV

हेटौँडा, १२ फागुन । युट्युब ट्रेण्डिङमा यो साता नेपाली भिडियोले नै कब्जा जमाएको छ । यो सामाग्री तयार पार्दाको समयमा नेपाली युट्युब ट्रेण्डिङमा नेपाली कमेडी भिडियो सिरियल भद्रगोलले पहिलो नम्बरमा कब्जा जमाएको छ ।

कमेडी धारमा तयार भईरहेको हाँस्य टेलिचलचित्रको १९९ औँ भागलाई यो सामाग्री तयार पार्दाको समयमा ११ लाख ४८ हजारभन्दा बढी पटक हेरिएको छ । दुई दिन अघिमात्र युट्युबमा अपलोड भएको भिडियोमा २२ हजारभन्दा बढी लाईक र २ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ग्रामिण परिवेशमा आधारित कमेडी सिरियललाई नेपाल टेलिभिजनबाट हरेक शुक्रबार राति पौने ९ बजेदेखि हेर्न सकिन्छ । साथै युट्युब च्यानल मार्फत पनि यसलाई हेर्न सकिन्छ । अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन निर्देशनमा तयार हुने सिरियललाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।

सिरियलमा कुमार र अर्जुन सहित कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोविन्द कोईराला, दिपक आचार्य, सिता देवी तिमल्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो

त्यस्तै यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा नेपाली कथानक चलचित्र क्याप्टेनको ‘कर्ली कर्ली कपाल’ बोलको गीत रहेको छ । यस चलचित्रमा नायक अनमोल केसीसँग उपासना सिंह ठकुरीले डेब्यू गर्दैछिन् । क्याप्टेनको कर्ली कपाल गीतलाई यो सामाग्री तयार पार्दाको समयमा २१ लाख ६६ हजारभन्दा बढी पटक हेरिएको छ भने ५८ हजारभन्दा बढी लाईक र ६ हजार भन्दा बढी कमेन्ट गरिएका छन् । हेर्नुहोस् भिडियो–
गीतमा भुवन केसी र निरुता सिंह पनि देखिएका छन् । गीतलाई मेलिना राई र एसडी योगीले गाएका हुन् । एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतमा हर्क साउद र मनिष ढकालको शब्द रहेको छ । दिवाकर भट्टराईको लेखन निर्देशनमा बनेको चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् । हेर्नुहोस् भिडियो

यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा चर्चित महिला अधिकारवादी तथा विवादमा मुछिरहने नेत्री सावित्री सुवेदी सम्बन्धी एक भिडियो रहेको छ । गुड टिभीले तयार पारेको यो भिडियोमा सावित्रीले आफ्नै आमाबुवालाई मुद्धा हालेर ५ लिएको दाबी गरिएको छ । यस भिडियोलाई ६ लाख ६१ हजारभन्दा बढी हेरिएको छ भने भिडियोमा ११ हजारभन्दा बढी लाईक गरिएको छ । भिडियोमा २ हजारभन्दा बढी कमेन्ट गरिएको छ । हेर्नुहोस् भिडियो

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*