
तामाङ चलचित्र ‘मी लोभी’ को धमाधम सुटिङ हुँदै

जयराम मुक्तान/हेटौँडा, १२ फागुन । तामाङ कथानक चलचित्र ‘मी लोभी’ को छायाँकन धमाधम भईरहेको छ । विभिन्न स्थानबाट सुरु भएको चलचित्रको छायाँकन यतिखेर मकवानपुरको मनहरीमा आसपासमा भईरहेको छ ।
तामाङ चलचित्रका क्षेत्रमा मकवानपुरकै चर्चित निर्देशक तथा कलाकार बाबु थिङको निर्देशनमा चलचित्र निर्माण भएको हो । यस अघि ‘रुङ्सी टिला’ चलचित्र निर्माण गरेको ह्याङ्ला मकवानपुर फिल्मस् प्रा.लि.को ब्यानरमा चलचित्र निर्माण सुरु भएको हो । चलचित्रमा नायक ऋतुराज पाख्रिनको पटकथा र संवाद रहेको छ । चलचित्रलाई आइसिङ घलानले निर्माण गरेका हुन् । अभिषेक किराँतीको छायाँकन रहेको चलचित्रमा राजु किराँतीको द्वन्द हेर्न सकिन्छ । चलचित्रमा सुशिल मुक्तान र रविन कुमार चेपाङको संगीत छ ।
पारिवारिक कथा बोकेको चलचित्रमा आफ्नो मान्छे आफ्नै हुने सन्देश रहेको छ । चलचित्रको नाम ‘मी लोभी’ अर्थात आँखा लोभी भनिए जस्तै चलचित्रको कथामा बाहिरी आँखाले लोभ गर्दा आईपर्ने समस्याहरुका बारेमा समेत देखाईएको छ । यसअघिका चलचित्रहरुका सिधासाधा प्रेमिकाको भूमिकामा बढी देखिएकी नायिका सुष्मा मोक्तानलाई यस चलचित्रमा एक्सन अवतारमा उभ्याइएको छ । चलचित्रको सुटिङका क्रममा उनी घाईते समेत हुने गरेकी छिन् ।
चलचित्रमा बाबु थिङ सहित चर्चित नायिका सुष्मा थिङ, सम्झना रुम्बा, बिन्दा थिङ, प्रकाश रुम्बा, सुशिल मुक्तान, बिनोद तामाङ, राधिका स्याङ्तान, राजकुमार स्याङ्तान, आईसिङ घलान लगायतका कलाकारहरुको अभिनय रहेको छ । अहिलेसम्म चलचित्रको २५ प्रतिशत छायाँकन सकिएको निर्देशक बाबु थिङले जानकारी दिए । चलचित्रको छायाँकन मकवानपुर, काठमाडौँ, बारा, सिन्धुली लगायतका स्थानहरुमा हुने बताइएको छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै