
तामाङ कमेडीमा धुम मच्चाउँदै तामाङ सिरियल ‘आबा ङाछा’

चन्द्र घलान/ हेटौँडा, ११ फागुन । कुनै जमानामा तामाङ भाषाको प्रयोग गर्दा समेत लाज मान्नुपर्ने अवस्था थियो । तामाङ समुदायले तामाङ भाषा बोलेकै आधारमा र तामाङ बोल्नेहरुले अन्य भाषा नबुझेकै कारण थिचोमिचोमा पर्नुपर्ने अवस्था थियो । तर अहिले अवस्था फेरिएको छ । तामाङ भाषाले गीतसँगीत हुँदै साहित्य, चलचित्र र टेलिसिरियलमा समेत प्रवेश पाएको छ । पछिल्लो समयमा तामाङ चलचित्र र तामाङ भाषाको गीतसँगीतले राम्रै चर्चा पाएको छ । तामाङ कला क्षेत्रको यही भिडमा नयाँ ईतिहास कोर्दै अगाडि बढिरहेको तामाङ कमेडी टेलिसिरियलको नाम हो ‘आबा ङाछा’ ।
डिस होमको रमाइलो एचडीमा प्रत्येक बिहीबार साँझ ६ः३० बजे प्रसारण हुने आबा ङाछाले सातौँ श्रृङ्खला पार गरेको छ । सिरियललाई युट्युबमा टिएफ च्यानल मार्फत पनि हेर्न सकिन्छ । युट्युबमा यसको सातौँ भाग समेत अपलोड भइसकेको छ । जसलाई अपलोड भएको केही दिनमा नै ३ हजारभन्दा बढी पटक हेरिएको छ । बढिजसो तामाङ भाषा र केही पात्रगत हिसाबले नेपाली भाषा समेत मिसाइएको टेलि सिरियललाई जयन कुमार मोक्तानले लेखन निर्देशन गरेका हुन् । जातिय पहिचान, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्दै प्रवर्धन गर्ने मुल उद्देश्यले आबा ङाछाको निर्माण गरिएको हो ।
तामाङ भाषासँगै तामाङ भेषभुषामै देखिने कलाकारहरुले तामाङ भाषामा निकै स्वादिला कमेडी डाईलगहरु बोल्छन् । सिरियलमा जयनकुमार मोक्तान, फुलमान फुलमान स्याङ्तान, सुरेन्द्र स्याङ्बा, उदाश लामा, गोर्खा घिसिङ, सन्तोष लामा, कविता दोङ, मिस शंखु, कुमार लामा, विशाल मोक्तान, सुस्मिता तामाङ, राजिव लामा, मिना दोङ तामाङ, आकृति मोक्तान, अञ्जु तामाङ, अर्बिन्द कापर लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ । टेलिसिरियलमा स्याउरी माया, लखरमाया लगायतका विभिन्न पात्रहरुले पेट मिची मिची हँसाउने गर्छन् ।
सिरियलको सातौँ भाग सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका घुडे गाउँमा छायाङ्कन गरिएको छ । योगेन्द्र कार्कीको छायाँकन रहेको टेलिसिरियललाई सविता लामाले निर्माण गरेकी हुन् । आबा ङाछाको शिर्ष गीतलाई प्रयास दोङले संगित र आवाज दिएका छन् । चलचित्रको ब्याकग्राउण्ड स्कोर कुमार लामा योञ्जनले सम्हालेका छन् । हेरौ टेलिसिरियलको सातौँ भाग–
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै