जनस्तरबाटै विकासमा लाग्न मुख्यमन्त्री पौडेलको जोड

११ फाल्गुन २०७५, शनिबार २०:५८
http://www.murchungatv.com/wp-content/uploads/2019/02/Thaha-Nagar-Dormani-Paudel-Murchunga-TV-1.jpg

हेटौँडा, ११ फागुन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि जनस्तरबाटै विकासमा जोड दिनुपर्ने बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा निर्मित सामुदायिक आँखा उपचार केन्द्रको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले विकासका लागि हामीले कसैको मुख ताक्नु नपर्ने बताए । हामीसँगै प्रशस्त स्रोत र साधनहरु भएको बताउँदै पौडेलले तिनको प्रयोग गरेर जनस्तरबाटै विकासमा जोड गर्नुपर्ने बताए ।

आँखाका रोगीहरुको उपचारमा डाक्टरहरुले खेलेको भुमिका प्रति खुशी ब्यक्त गर्दै पौडेलले छोटो समयमा पनि भवन निर्माणको काम सम्पन्न गर्न सफल भएकोमा नगरपालिकालाई धन्यबाद व्यक्त गरे । आगामी दिनमा पनि तिव्रगतिमा काम गर्न अनुरोध गर्दै पौडेलले प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । थाहा नगरपालिका कृषि र पर्यटनमा निक्कैनै अगाडि रहेको बताउँदै पौडेलले ती क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

Thaha Nagar Dormani Paudel-Murchunga TV 2

सामुदायिक आँखा अस्पताल हेटौँडा , नेपाल आँखा कार्यक्रम र तिलगँगा आँखा प्रतिष्ठान काठमाण्डौंले सामुदायिक आँखा केन्द्रसंग समन्वय गरी आँखा सम्वन्धि धेरै समस्याहरुको स्थानीय स्तरमै उपचार हुनेगरी केन्द्र सञ्चालनमा आएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए । भिजन हिमालय फाउण्डेसनको सहयोगमा थाहा ३ मा सामुदायिक आँखा केन्द्रको भवन निर्माण भएको हो । भवन रु ४० लाखको लागतमा निर्माण सम्पन्न भएको हो भने भवन निर्माणका लागि थाहा नगरपालिकाले २ रोपनी १४ धुर जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । चारकोठे आँखा केन्द्रको भवन निर्माणका लागि नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान बिच गत वैशाखमा सम्झौता भएको थियो ।

थाहा नगरपालिका का मेयर लवसेर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान , तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ, नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धीलाल श्रेष्ठ, भिजन हिमालयका कोषाध्यक्ष चन्त्याल बयार्ड लगायतले बोलेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौला, हेटौंडा आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली, पुर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश बिष्ट,थाहा उध्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान लगायतको पनि उपस्थिति थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*