पदमपोखरीमा स्काउटको डण्डिबियो

११ फाल्गुन २०७५, शनिबार १२:५५
Padampokhari Scout Dandi Biyo-Murchunga TV 12

हेटौँडा, ११ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा स्काउट ट्रुपले शुक्रबार डण्डिबियो सहित विभिन्न प्रतियोगिताहरुको आयोजना गरेको छ । महेन्द्र ट्रुप पदमपोखरीको आयोजना तथा महेन्द्र माविको प्रायोजनमा विद्यालय प्राङ्गणमा प्रतियोगिता भएको स्काउटर पेम्पा लामाले जानकारी दिईन् ।

कक्षा ९ देखि १२ सम्मको समूहमा आयोजित डण्डिबियो प्रतियोगितामा अभिषेक लामा प्रथम, अमर लामा द्वित्तिय र अजय लामा तृतिय भएका छन् । त्यस्तै आधारभूत तहमा भएको गणितिय दौड अन्तर्गत कक्षा १ देखि ३ सम्मको समूहमा कुसुम मोक्तान प्रथम, प्रज्ञा ब्लोन दोस्रो र रजना सिन्तान तेस्रो भएका छन् । ४ देखि ५ कक्षासम्मको गणितिय दौडमा शुभम सिन्तान प्रथम, विनिता तुम्सिङ मगर दोस्रो र प्राचिन रुम्बा तेस्रो भएका छन् ।

त्यस्तै कक्षा ६ देखि ८ कक्षासम्मको गणितिय दौडमा सुदिप पौडेल पहिलो, सरदाम देवान दोस्रो र खुशी रुम्बा तेस्रो भएका छन् । स्काउटका पिता लर्ड वेडेन पावेलको १६२ औँ जन्म जयन्ती एवम् विश्व प्रमुख गाईड लेडी वेडेन पावेलको १३० औँ जन्म जयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पदमपोखरी बहुमुखी क्याम्पस प्रमुख कृष्णमाया लटौला, विद्यालयका शिक्षकहरु एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*