तामाङ चलचित्र ‘ङ्हो’ को पहिलो गीत चर्चामा

चन्द्र घलान/हेटौँडा, ११ फागुन । तामाङ कथानक चलचित्र ‘ङ्हो’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सैलुङ अनलाईनको सभाहलमा पत्रकार सम्मेलन मार्फत चलचित्रको ‘कादे ज्याबा ह्याङ्ला माया’ बोलको गीत सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएसँगै गीतलाई ल्हाप्साङकार्पोको अफिसियल युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा टिका बोम्जन र जितु लोप्चनको आवाज रहेको छ । फुलकुमार बम्जनको शब्द तथा टिका बोम्जनको सँगीतमा तयार भएको गीतको म्यूजिक भिडियोमा निर्मला तामाङ, आरम्भ तामाङ र किस्मान तामाङलाई फिचरिङ गरिएको छ । गीतको म्यूजिक भिडियोबाटै चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको अनुमान गर्न सकिन्छ । म्यूजिक भिडियोमा सुन्दर देखिएकी निर्मलासँग दुबै नायकहरुको अनस्क्रिन जोडी सुहाएको छ । भुवन स्याङ्बो तामाङको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको चलचित्रलाई सुर्य लामाले खिचेका हुन् । सुनिमाया तामाङको निर्माणमा बनेको चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा जिग्मे मिडियाले लिएको छ । यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रको गीतलाई ५ हजारभन्दा बढी पटक हेरिएको छ ।
आउँदो बैशाख ७ गते राष्ट्रिय सभागृहमा प्रिमियर गर्न लागिएको चलचित्रमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय रहेको छ । नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामाको छायांकन हेर्न सकिने चलचित्रमा राजु तामाङले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रका गीतहरुमा टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ र जितु लोप्चनको आवाज रहेको छ ।

तस्बिर : एभेरेष्ट टाईम्स न्यूज
कार्यक्रममा बोल्दै तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले चलचित्र हेर्नका लागि हलसम्म पुग्न आग्रह गरे । त्यस्तै चलचित्रका निर्देशक भुवन स्याङ्बो तामाङले ङ्होमा स्वाँगेभाई र कुटुम्ब साइनोबीच अज्ञानता र दुविधाले पारिएको समस्यालाई उजागर गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् बरिष्ठ अभिनेता जयनन्द लामाले चलचित्रमार्फत तामाङ समुदायको मौलिकता प्रस्तुत गर्न पछिल्लो पुस्ता लागि परेको भन्दै खुशी व्यक्त गरे ।
चलचित्र ‘ङ्हो’ फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुति हो । चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई प्रयोग गरिएको बताइएको छ । धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतको स्थानमा चलचित्रको छायांकन गरिएको हो ।
हेर्नुहोस् चलचित्रको पहिलो गीतको म्यूजिक भिडियो–
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै