आँचलको घरबारमा पलको ईन्ट्री

११ फाल्गुन २०७५, शनिबार ०७:५०
Featured Video Play Icon

हेटौँडा, ११ फागुन । चर्चित अनस्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्माको नयाँ म्यूजिक भिडियो युट्युब ट्रेण्डिङमा परेको छ । पल र आँचलद्वारा अभिनित कृष्ण कार्की र बिन्दु परियारको आवाजमा रहेको ‘घरबार’ बोलको गीत ट्रेण्डिङमा परेको हो ।
‘आँप जोडी’ का रुपमा चर्चा कमाउन सफल पल र आँचलको अनस्क्रीन रोमान्सलाई दर्शकले निकै रुचाउने गरेका छन् । उनीहरु दुबैलाई वास्तविक जीवनमा समेत एक भएको हेर्न चाहाने फ्यानको जमात निकै नै ठूलो छ । उनीहरुको अभिनय रहेको पछिल्लो गीत ‘घरबार’ मा समेत उनीहरुको जोडीको अभिनयलाई दर्शकले निकै मन पराएका छन् । उक्त गीतको म्यूजिक भिडियोमा धेरै दर्शकहरुले म्यूजिक भिडियोमा मात्र नभई पल र आँचललाई रियल लाईफमा पनि एक हुनुपर्ने भन्दै कमेन्ट समेत गरेका छन् । गीतमा घर ज्वाँईको प्रसंग भएकोले पललाई घर ज्वाँई बसे पनि नबसे पनि बिहे भने आँचलसँगै गर्नुहोस् भन्दै धेरै फ्यानहरुले कमेन्ट गरेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

एट के एभरेष्ट मोसन पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत अपलोड गरिएको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ८ लाख ५१ हजार भन्दा बढी पटक हेरिएको छ । त्यस्तै म्युजिक भिडियोमा १८ हजार भन्दा बढी लाईक र १ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । सन्तोष सुनारको शब्द र संगीतमा तयार भएको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । प्रेम सागर भट्टको समेत अतिथि भूमिका रहेको गीतको म्यूजिक भिडियोलाई राजिभ समरले कोरियोग्राफ गरेका हुन् । टेकेन्द्र शाहको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई रामकुमार केसीले खिचेका हुन् ।हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*