हेटौँडा–४ बाट दुई किशोरहरु पक्राउ

१० फाल्गुन २०७५, शुक्रबार ०७:२१
Mobile Chori-Murchunga TV 1

हेटौँडा, १० फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको एक गल्लीबाट बिहीबार बिहान दुई किशोरलाई पक्राउ गरिएको छ । काठमाण्डौ जिल्लाको बुढानिलिकण्ठ नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष १९ को राज लामा र सोही जिल्लाको पशुपति परिसरमा बसोबास गर्ने करिब १८ वर्षका सरोज कार्कीलाई चोरीका मोबाईल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक मधुकुमार थापाले जानकारी दिए ।

उनीहरुको साथबाट पुरानो मोबाईल १२ वटा, सामसुङ्ग मोबाईलमा लाग्ने ब्याट्री ३ वटा, हाते घडी ६ वटा, चार्जर हेड फोन १ वटा, हेडफोन ९ वटा, मल्टिप्लक १ वटा, पाईलट चुरोट ५ प्याकेट, शिखर आईस चुरोट २ प्याकेट, खुकुरी चुरोट २ प्याकेट, कुरकुरे २ प्याकेट, वाईवाई चाउचाउ ६ प्याकेट, क्वीच चिजवल २ प्याकेट, बिँड नभएको चक्कु १ थान र सेतोमा कालो धर्के भएको सर्ट १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई कानुन अनुसार ३ बर्ष देखि ५ बर्ष सम्म कैद र ३० हजार देखि ५० हजार सम्म जरिवाना हुन सक्ने बताइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ ।

अपराधको पृष्ठभूमि

२०७५ फागुन ९ गते बिहान करिब ४ बजेको समयमा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएका प्रहरी टोलीले हेटौँडा ४ स्थित गल्लीमा कालो रंगको रेगजिनको झोला बोकी शंकास्पद रुपमा हिडीरहेका राज लामा र सरोज कार्कीलाई फेला पारेको हो । उनीहरुले बोकेको झोला खानतलासी गर्दा उक्त झोला भित्र लुकाई छिपाई राखेको उक्त सामानहरु फेला परेको थियो । उक्त मोबाईलहरुको बारेमा सोधपुछ गर्दा हेटौँडा ४ अजरअमर रोडमा रहेको ग्रेस मोबाईल एण्ड वाच सर्भिस सेन्टरबाट चोरी गरी ल्याएको भनि बताएको हुँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*