हेटौँडाको संगमचोकबाट एक जना पक्राउ

१० फाल्गुन २०७५, शुक्रबार ०७:०१
Afim Kushuwa-Murchunga TV

मकवानपुर, १० फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकबाट पक्राउ परेका एक युवकलाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर २ बस्ने बस्ने बर्ष २८ को हरेराम प्रसाद कुश्वाहालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । उनको साथबाट लागू औषध अफिम जस्तो कालो ५०० ग्राम र गहुँको पिठो जस्तो देखिने सेतो धुलो ५०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक मधुकुमार थापाले जानकारी दिए ।

कुश्वाहालाई अपराध प्रमाणित भएमा कानुन अनुसार १५ बर्ष देखि जन्मकैद र पाँच लाख देखि २५ लाख सम्म जरिवाना लाग्न सक्ने बताइएको छ ।

अपराध पृष्ठभुमी

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएका प्रहरी नायब निरिक्षक ज्ञानेन्द्र बस्नेत तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको टोलीले बिशेष सुराकीको आधारमा मिति २०७५ फागुन ७ गते करिब राति साढे ८ बजेको समयमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोक स्थित सडक किनारमा पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २८ को हरेराम प्रसाद कुश्वाहालाई फेला पारेको थियो । कुश्वाहाको शरिर खानतलासी गर्दा उनले हातमा बोकेको सुन्तला रंगको प्लाष्टिकको झोला भित्र रहेको कालो रंगको प्लाष्टिकमा तयारी कालो पदार्थ लागू औषध अफिम जस्तो देखिने ५०० ग्राम र सेतो प्लाष्टिकको झोला भित्र गहुँको पिठो जस्तो देखिने सेतो धुलो ५०० ग्राम फेला परेको हो ।

बरामद सामानसहित कुश्वाहालाई पक्राउ गरिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भई रहेको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*