मकवानपुरका सिंघम त्रिपुरेश्वरमा सरुवा

१० फाल्गुन २०७५, शुक्रबार ०६:४३
Madhu Kumar Thapa-Murchunga TV 1

हेटौँडा, १० फागुन । मकवानपुरको प्रहरी सेवामा निकै चर्चित नाम हो– प्रहरी निरिक्षक मधुकुमार थापा । मकवानपुर जिल्लावासीमाझ ‘सिंघम’ नामले पनि चर्चित थापाको अहिले मकवानपुरबाट काठमाण्डौँ स्थित दंगा नियन्त्रण कार्यालय त्रिपुरेश्वरमा सरुवा भएको छ ।

‘सिंघम’ उनलाई मकवानपुरे जनता र उनका प्रहरी साथीहरुले उनलाई दिएको नाम हो । जुनसुकै घटनामा पनि सुक्ष्म अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउन माहिर थापालाई मकवानपुरमा निकै रुचाइएको थियो । चलचित्रका सिंघमले जस्तै काम फत्ते गर्ने, अपराधीलाई नछोड्ने र आई परे अपराधीसँग भिडिहाल्ने स्वभाव भएका थापाले बिहीबार पत्रकार सम्मेलन मार्फत आफ्नो सरुवा भएको कुरा सुनाए । मकवानपुरबाट बिदा हुँदै गर्दा उनले आफ्नो फेसबुक पोष्टमा मार्फत पनि मकवानपुरवासीलाई र सहकर्मी सिपाहीहरुलाई धन्यवाद दिएका छन् । उनी लेख्छन्– ‘बाई बाई मकवानपुर, करिब दूई बर्ष देखि लगातार मकवानपुर रहेर काम गर्ने मोका पाएँ, सहयोग गर्ने सम्पूर्ण सिनियर सरहरू आदरणीय साथीहरु सन्चारकर्मीहरु, सरहरूलाई सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । सबैको सहयोग, समर्थन र मायाले सधैं ईमान्दार र कर्तव्यनिष्ठ भै काम गर्ने प्रेरणा मिल्यो । मिस यू अल, वन्स अगेन बाई बाई टिम मकवानपुर एण्ड मकवानपुर पिपल ।’

Madhu Kumar Thapa-Murchunga TV

२०६४ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रारम्भ गरेका थिए । उनी प्रहरी नायव उपरीक्षक (डिएसपि) बढुवाको समेत अग्र पंक्तिमा रहेका छन् । उनले मकवानपुरमा काम गर्दा राम्रा अनुभवहरु बटुलेको र आगामी दिनमा आफुलाई अझै मजबुद बनाएर कर्तव्यनिष्ठ भई काम गर्ने बताए । मकवानपुरवासी सहित मकवानपुरका सञ्चारकर्मीहरुको साथ पाएकोमा उनले खुशी व्यक्त गरे । जनतामाझ लोकप्रिय थापालाई प्रदेश ३ प्रहरी कार्यालय हेटौँडाले गत वर्ष र यस वर्ष उत्कृष्ट प्रहरीको सम्मान समेत प्रदान गरेको थियो ।

उनको सरुवा भएकोप्रति मकवानपुरे नागरिकहरु पनि चिन्तित छन् । थापाको सरुवाप्रति दुःख व्यक्त गर्दै अर्जुन ढुङ्गाना लेख्छन्–‘ दुई क्रस खुकुरीमा एउटा स्टार थपेर डिएस्पी भई पुनः मकवानपुरे जनताको सेवा गर्न ,शान्ति सुरक्षा कायम गर्न ,अपराध नियन्त्रण गर्न ,लागु औषध निर्मुल पार्न ,गुन्डागर्दी रोक्न मकवानपुर जिल्लालाई मधु थापाको अत्यन्तै आवश्यक छ ,प्रहरी निरिक्षक मधु थापाको अप्रत्यासित सरुवाले मकवानपुरे जनताको आँखा रसाएको छ ,आफुले आफुलाई असुरिक्षत महसुस गरेका छन् ,मकवानपुर जिल्लाका जनताका आशाको केन्द्र बिन्दु , सबैको भरोसा मधु थापालाई छिटो भन्दा छिटो मकवानपुर मै डिएसपी भएर आएको हेर्न पाउँ ,अग्रिम शुभकामना ।’

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*