धादिङ र मकवानपुरका दुई जना पक्राउ

१० फाल्गुन २०७५, शुक्रबार ०५:४५
Chars Gaja-Murchunga TV

हेटौँडा, १० फागुन । चरेश र गाँजा सहित मकवानपुर र धादिङ जिल्लाका दुई जना मानिसहरु पक्राउ परेका छन् । बुधबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षीय मेवा भन्ने चन्द्र बहादुर घलान र धादिङ जिल्लाको गजुरी गाउँपाकिला वडा नम्बर ८ किरानचोक तिनघरे बस्ने ३६ वर्षीय पशुपति भन्ने जिवन तामाङ पक्राउ परेका हुन् ।

उनीहरु दुबैलाई कैलाश गाउँपालिकाको वडा नम्बर १ डाँडाखर्कमा अवस्थित घलानको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक मधुकुमार थापाले जानकारी दिए । उनीहरुको साथबाट २ सय ६७ वटा पोकाबाट २ सय ७३ केजी लागू औषध चरेश र ५ वटा बोरामा १ सय ९० किलो चरेश बनाउन प्रयोग गरिने तयारी गाँजाको धुलो फेला परेको थियो । उनीहरलई २ बर्ष देखि १० बर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ ।

अपराधको पृष्ठभूमि

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ डाडाँखर्क बोलिने खर्कमा लागू औषध तयारी चरेशको कारोबार भई रहेको भन्ने सूचना ३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्राप्त भएको थियो । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झा सहितको प्रहरी टोली खटाइएको थियो । बिहान ४ बजेको समयमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने मेवा भन्ने चन्द्र बहादुर घलानको घर तथा घरसंगै रहेको गोठ खानतलासी गर्दा उनको घरबाट तयारी लागू औषध चरेश २६७ पोकामा २७३ किलो र गोठबाट ५ वटा सेतो बोरामा चरेश बनाउन तयारी लागू औषध गाँजाको धुलो १९० किलो फेला परेको हो । बरामद गरी बरामद लागू औषध चरेश समेतको कारोबारमा संलग्न पशुपति भन्ने जिवन तामाङलाई र घर धनी मेवा भन्ने चन्द्र बहादुर घलान पक्राउ गरिएको हो ।
यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*