
पर्साका पंजियार चरेस सहित मकवानपुरमा पक्राउ

हेटौँडा, ९ फागुन । चरेस बनाउने गाँजाको धुलो सहित मकवानपुरको मनहरीबाट पर्साका चिन्ता पंजियार थारु पक्राउ परेका छन् । पर्साको जमुनिया गाउँपालिका वडा नम्बर ४ औराहा बस्ने ५४ वर्षीय पंजियार बुधबार पक्राउ परेका हुन् ।
यसरी गरियो पक्राउ
बुधबार बिहान करिब ९ बजेर २० मिनेटको समयमा मकवानपुरको मनहरी मनहरी गाउँपालिका वडा नम्बर २ मुलखोला स्थित जंगलमा शंकास्पद अवस्थामा हिँडीरहेका थारुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक मधुकुमार थापाले जानकारी दिए । थारुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।
थारुको साथमा रहेको झोला खानतलासी गर्दा खुकुरी १ थान, टर्च लाईट १ थान र प्लाष्टिकमा पोका बनाईएको अवस्थामा चरेस बनाउने लागू औषध गाँजाको धुलो ६ पोकामा ६ किलो फेला परेको बताइएको छ । बरामद भएका सामान सहित थारुलाई आवश्यक कारवाही सुरु गरिएको छ । उनलाई १ बर्ष देखि ३ बर्ष सम्म कैद र ५ हजार देखि २५ हजार सम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै