हेटौँडामा १६ मिटरको बाटो बनाउने निर्णयको वाणिज्य संघद्वारा स्वागत

८ फाल्गुन २०७५, बुधबार १९:२७
Hetauda Bazar-Murchunga TV

हेटौँडा, ८ फागुन । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकले मकवानपुरको हेटौँडामा १६ मिटरको बाटो बनाउने निर्णय गरेको प्रति मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत गठित हेटौँडा बसोबास संरक्षण मूल समितिले खुशी व्यक्त गरेको छ ।

संघका अध्यक्ष तथा समितिका संयोजक कृष्ण कटुवालले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा लेखिएको छ–‘लामो समयदेखिको अनिर्णयको बन्दीको रुपमा रहेको सडक सीमा विवाद सम्बन्धमा हालै ३ नं. प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयको यस समिति हार्दिक स्वागत गर्दछ । हाल कायम सडकलाई दायाँ बायाँ १६–१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राष्ट्रिय राजमार्गको रुपमा विकास गर्नका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय अत्यन्तै स्वागत योग्य रहेको यस समितिको ठम्याई रहेको छ ।’

ऐतिहासिक हेटौंडाको बजार क्षेत्रलाई सहरी सडकको रुपमा विकास गरेर ४ लेनको सडक निर्माण गर्ने, ग्रिन बेल्ट निर्माण गर्ने, फुटपाथ, सर्भिस ट्र्याक र बाईपास सडक निर्माण गरेर राजमार्गको रुपमा विकास गर्ने निर्णयले भोलिको हेटौंडा नगरलाई थप व्यवस्थित बनाउने समितिलाई लागेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रिपरिषद्को निर्णयप्रति आभार व्यक्त गर्दै उक्त निर्णय संघीय सरकारबाट पनि अनुमोदन समेत संघले अनुरोध गरेको छ । हेर्नुहोस् विज्ञप्ति–

MCCI Press Release-Murchunga TV

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*