प्रेम दिवसका दिन जबरजस्ती करणी गरेको आरोपमा हेटौँडाबाट १ युवक पक्राउ

७ फाल्गुन २०७५, मंगलवार १८:१८
Jabar Jasti Karani-Murchunga TV

मकवानपुर, ७ फागुन । फागुन २ गते अर्थात प्रेम दिवसका दिनमा जबरजस्ती करणी गरेको आरोपमा सोमबार हेटौँडाबाट एक जना युवक पक्राउ परेका छन् । एक २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बकैया गाउँपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीय माटे भनिने सन्तोष पौडेल उर्फ कैलाश पौडेल पक्राउ परेका हुन् ।

फागुन २ गते करिब साँझ ४ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीको जंगलमा उक्त युवतीलाई ललाई फकाई लगेर पौडेलले जवरजस्ती करणी गरी फरार भएको बताइएको छ । पिडित युवतीले जाहेरी दिएपछि खोजतलासका क्रममा विशेष सूचनाका आधारमा सोमबार साँझ ५ बजे पौडेललाई हेटौँडा ११ थानाभर्याङबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका पौडेलमाथि आवश्यक कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक मधुकुमार थापाले जानकारी दिएका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*