हेटौँडामा ८४ जनाले गरे रक्तदान

हेटौँडा, ७ फागुन । नारायणी यातयात ब्यबसायी संघ हेटौडाले मंगलबार हेटौँडामा आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका छन् । हेटौँडाको बुद्धचोकमा बिहान ७ बजे देखी ११ बजे सम्म आयोजना गरीएको रक्तदानमा ८४ जनाले रक्तदान गरेको संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले कार्यक्रमको उद्घाटन गर्दै यातायात ब्यबसायीहरुले सामाजिक दायित्व निर्वाह गरेको भन्दै संघको प्रशंसा गरे । यातायात व्यवसायको क्षेत्रमा देखिएको समस्याबारे समाधान गर्न सरकार निरन्तर लागिपरेको बताउँदैँ सबै मिलेर प्रदेशको विकासमा लाग्नुपर्नेमा जोड दिनु भयो । केही ऐन नियमहरु परिमार्जित गर्नुपर्ने भएकाले विकास निर्माणका कामहरु गर्न अप्ठयारो भैरहेको बताए । सामाजिक दायित्व बहन गर्दै नारायणी यातयात ब्यबसायी संघले रक्तदान कार्यक्रमको आयोजना गरेको संघका महासचिव सरोज खनालले बताए ।
कार्यक्रममा प्रदेश ३ का साँसद प्रेम बहादुर पुलामी, मुनु सिग्देल, नेपाल रेडक्रस सोसाईटीका मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपाने, जिल्ला समन्वय समिति अध्यक्ष रघुनाथ खुलाल लगायतले मन्तव्य राखेका थिए । जिल्लामा भएको रगत संकलनमा यो बर्ष नारायणी यातयात ब्यबसायी संघ सबै भन्दा बढी रगत संकलन गरेको छ । यस अघि गत फागुन ३ गते रेडियो थाहा संचारले ८२ जनाको रगत संकलन गरेको थियो ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै