मुटुदेखि मुटुसम्मको वेब सिरिज सुरु (भिडियो सहित)

६ फाल्गुन २०७५, सोमबार २१:१६
Featured Video Play Icon

हेटौँडा, ६ फागुन । आदरणीय पाठक, दर्शकवृन्द तथा श्रोता साथीहरु, हाल रेडियो अनमोल ९० मेगाहर्ज र अनलाईनमा बाट http://radioanmol.com/ प्रसारण भईरहेको युवाहरुकै रोजाईको कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ को वेब सिरिज पनि सुरु गरेको छु । रेडियोमा रेडियो भर्सनको करिब ४५ मिनेटको कार्यक्रम बज्ने गर्छ । जसमा तपाईहरुकै प्रेमसँग सम्बन्धित सन्देश, एसएमएस, फेसबुक कमेन्ट र प्रेमसँग सम्बन्धि तपाईको समस्याहरुका बारेमा कुराकानी गर्ने गरेको छु । साथै यस मुर्चुङ्गा टिभी युट्युब च्यानल मार्फत हामीले यसै कार्यक्रमको वेब भर्सन (वेब सिरिज) पनि सुरु गरेका छौँ । जसलाई अंगे्रजीमा का नामले समेत सर्च गरेर हेर्न सक्नुहुनेछ । यस सिरिजमा प्रेम र भावनात्मक सम्बन्धका बारेमा करिब ५ देखि १० मिनेटको भ्वाईस कभर सहितको भिडियो तयार गर्ने गरेका छौँ । यसको सुरुवात स्वरुप प्रेम दिवसको दिनदेखि वेब सिरिज सार्वजनिक गर्न सुरुवात गरेका छौँ । वेब सिरिज कस्तो लाग्यो हेरेर, सुनेर भिडियोमा लाईक, कमेन्ट र सब्स्क्राईब गरिदिनुहुन अनुरोध छ । हेर्नुहोस् वेब सिरिजको पहिलो भाग–

भ्यालेन्टाईन्स् डे, अर्थात प्रेम दिवस । कोही माया गर्नेप्रतिको सम्मान दर्शाउन यो दिनले कुनै कसर बाँकी नराखेको रुपमा मान्न सकिन्छ । तर के प्रेम गर्ने प्रतिको यो साँचो सम्मान हो ? के प्रेमदिवसले कुनै पनि बिग्रिएको सम्बन्धलाई सुधार्न सक्छ ? के प्रेम दिवसले तपाईको गुमिसकेको प्रेमलाई फर्काउन सक्छ ? वास्तवमा साँचो प्रेम के हो ? यी र यस्तै प्रश्नलाई जन्मदिन्छ प्रेम दिवसले ।

प्रेम दिवसकै दिन अनेकाँै गुलाफका फुलहरु बिक्री हुन्छन्, उपहारका पोकाहरु करोडौँको मूल्यमा विश्वभर विक्री हुन्छन् । विश्वभरी नै सुन्दर पार्कहरु अनि कफि सप र नाईट क्लबहरु प्रेम दिवसकै दिन भरिभराउ हुन्छन् । अर्थात प्रेम दिवसमा ठूलो व्यापार हुन्छ । कहिलेकाँही यहाँ प्रेमदिवसकै दिनमा यौनको व्यापार मौलाउँछ । प्रेम दिवसको रोमाञ्चक अनुभूतिमा हराएर यहाँ कयाँै मनहरु साटिन्छन् । अनि फेरिन्छन् फेरि अर्को रगतको तन्ना जहाँ एक प्रेमदिवसमा क्षतविक्षत भएको सम्बन्धले फेरि अर्को सम्बन्धलाई बढावा दिन्छ र यो क्रम निरन्तर चलिरहन्छ । त्यो बेलासम्म जबसम्म मानिसले वास्तविक र साँचो प्रेमलाई चिन्दैनन् । क्षणिक मोजमज्जा र क्षणिक प्रेममा हामी एउटा अध्याय समाप्त पार्छौँ अनि अर्को अध्यायलाई सुरुवात गर्छौँ । प्रेम दिवसमा कस्सिएका अंगालोहरु रात नसकिँदै खुकुलो हुँदै जान्छ । अनि अर्को प्रेम दिवसमा फेरि अर्कै अंगालोको चाहानामा हामी भौतारिन्छाँै । कयौँ अंगालोहरु फेरिसक्दा मात्र हामीलाई यो कुरा थाहा हुन्छ कि वास्तविक प्रेम त हामीले सोचेको भन्दा निकै परको कुरा रहेछ ।

हामी प्रेमको नाममा आफुलाई लुटाउँछौँ, बिना अर्थ मनलाई दुखाउँछाँै । जसरी सृष्टिकर्ताको प्रेमलाई भुलेर हामी उनको सट्टा उनैले सिर्जना गरेका भौतिक वस्तुसँगको प्रेमालापमा लिप्त हुन्छाँै त्यसरी नै हाम्रो मनमा पलाएको प्रेमको पालुवालाई कयौँ भ्यालेन्टाईन्स् डेले क्षतविक्षत पारीसकेको हुन्छ । अन्तमा जब हामी आफ्नो जीवनसाथी छान्छौँ त्यसबेला हामीले हाम्रो जीवनसाथीलाई दिने अमुल्य उपहार गुमाईसकेका हुन्छौँ । जब आफ्नो जीवनसाथीको अंगालोमा बाँधिदै गर्दा आफुले गरेको पापको सम्झना आउँछ तब हामीलाई जीवनसाथीको कसिलो अंगालोले पनि बिझाउँछ, जीवनसाथीको सच्चा प्रेमले हामीलाई घोँच्न थाल्छ । जसरी समुन्द्र भेट्ने लालसामा नदिले आफ्नो अस्तित्व गुमाउँछ त्यसरी नै हामीले वास्तविक प्रेमको आधार खोज्दा आफुलाई गुमाईसकेको महशुस गर्छौँ । आफ्नो जीवनसाथीलाई दिने अमुल्य उपहारलाई हामीले फेरि कहिल्यै नजोडिने गरी तोडिसकेका हुन्छौँ । तर पनि हामीसँग एउटा आधार हुन्छ साँचो प्रेमलाई अंगाल्ने । आफुले गरेका गल्तीहरुलाई जीवनसाथीसँग साझा गरेर उसलाई माफी माग्यौँ भने हामी अवश्य पनि साँचो प्रेम पाउन लायक हुनेछौँ । तर यहाँसम्म सोच्न हामी कहाँ सक्छौँ र ? हामी त बरु जीवनलाई समाप्त पार्ने खेलमा लाग्छौँ । जीन्दगी यस्तै हो भनेर मृत्यूको बाटो रोज्छौँ ।

हामीले यो कुरा बिर्सन्छौँ कि कोही बिना कोही मर्ने वा बाँच्ने हुँदैन, यो त बस मनको आवेग हो, जसले हामीलाई अमुल्य जीवन नष्ट गर्ने बाटो तर्फ डोराउँछ । त्यसैले मनमा एउटा चाहा हुन्छ कि हाम्रो प्रेमले पूर्णता पाओस् । साँचो प्रेमलाई चिनेर कोही पनि मान्छेले आफ्नै जीवनसाथीलाई धोका नदेओस्, मनका आवेग र जवानीका तरङ्गहरुले हाम्रो मनलाई विचलित पारेर गलत बाटोतिर नडोर्याओस् । बरु एउटा मनको साँचो प्रेमलाई, एउटा मनको मायालु आभाषलाई उसको वास्तविक प्रेमम्म डोराउन सकोस्, जसले पुराउन सकोस् हरेक प्रेमको आभाषलाई उसकै हकदारको मनसम्म, मुटुदेखि मुटुसम्म ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*