हेटौँडाका युवाहरुले बनाए ‘माया संसार’

६ फाल्गुन २०७५, सोमबार २०:०२
Maya Sansar KagazPatra-Murchunga TV 1

हेटौँडा, ६ फागुन । मकवानपुरको हेटौँडाबाट कला क्षेत्रमा क्रियाशिल ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिको नयाँ कभर भिडियो रिलिज हुने तयारीमा छ । आउँदो चैत्र ८ गते प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘कागजपत्र’ को ‘माया संसार’ बोलको गीतमा कभर भिडियो तयार पारिएको हो ।

ओपेराका संचालक, नृत्य प्रशिक्षक तथा कलाकार विक्रम लुङ्वाले भिडियो रिलिजको अन्तिम तयारी गरिएको जानकारी दिए । भिडियोको पोष्टर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले भिडियो रिलिजको तयारी भएको जानकारी दिएका हुन् । विक्रमकै परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा विक्रमसहित रायु घले, अर्पणा सुनुवार र लुमी गोलेको अभिनय रहेको छ ।

Maya Sansar KagazPatra-Murchunga TV

सार्वजनिक गरिएको पोष्टर

सार्वजनिक पोष्टरमा विक्रम एक दुधवालाको गेटअपमा प्रस्तुत भएको देखिन्छन् । त्यस्तै रायु र अर्पणालाई रोमाण्टिक मुडमा देखाइएको छ । लुमी स्कुटीमा हुँकिएकी छिन् । ओपेराको यस अघि नै सार्वजनिक गरिएको ‘पिरतीको मिठो तिर्सना’ कभर भिडियो निकै चर्चित बनेको थियो । उक्त भिडियोमा रायु घले र रिकिता क्षेत्रीको अभिनयलाई निकै नै रुचाइएको थियो ।
यो पनि पढ्नुहोस्–
‘पिरतीको मिठो तिर्सना’ मा हेटौँडाका रायु र रिकिताको रोमान्स (भिडियो)

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*