नायक सागर घिसिङलाई एकै पटक दुई वटा अवार्ड

४ फाल्गुन २०७५, शनिबार ०९:५३
Sagar Ghising Award-Murchunga TV

हेटौँडा, ४ फागुन । चर्चित नायक सागर घिसिङले एकैपटक दुई वटा अवार्ड प्राप्त गरेका छन् । शुक्रबार दोहा कतारमा आयोजित हिमालयन अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०१९ मा ‘बेस्ट तामाङ मूभि आर्टिस्ट (मेल) ’ र ‘बेष्ट नेपाली तामाङ सेलो भिडियो मोडल (मेल)’ बिधामा उनले अवार्ड जितेका हुन् ।

उनले तामाङ कथानक चलचित्र ‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतबाट उत्कृष्ट नायक र चर्चित तामाङ गीत ‘ए बिना ङा’ बाट उत्कृष्ट मोडलको अवार्ड जितेका हुन् । हिमालयन ईभेन्टस् प्रा.लिको आयोजनामा शुक्रबार दिउँसो अवार्ड वितरण कार्यक्रम भएको थियो ।

‘ए बिना ङा’ बोलको तामाङ गीतमा गायक आर.के योञ्जन र गायिका जितु लोप्चनको आवाज सुन्न सकिन्छ । गीतमा कुमार स्याङ्बाको शब्द तथा निमा दोङको संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा नायक सागर घिसिङसँगै स्मारिका थिङको मूख्य अभिनय रहेको छ । अजय स्याङ्तानको निर्देशन र कोरियोग्राफीमा निर्माण भएको म्यूजिक भिडियोलाई सूर्य लामा र दिपेन्द्र भट्टले खिचेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको भिडियोलाई ४ लाख ७३ हजार ५ सयभन्दा बढी पटक हेरिएको । ३ हजार २ सयभन्दा बढी कमेन्ट गरिएको गीतमा करिब ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

त्यस्तै ‘तिङ मी ढुकढुक’ बोलको गीतमा सागरसँगै नायिका सुष्मा मोक्तानले अभिनय गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई युट्युबमा ३ लाख ९७ हजारभन्दा बढी पटक हेरिएको छ । ३ हजार बढी लाईक गरिएको गीतको म्यूजिक भिडियोमा ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बाले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*