दुई तामाङ गीतबाट नायक सागर घिसिङ उत्कृष्ट कलाकारको नोमिनेशनमा

हेटौँडा, २ फागुन । चर्चित नायक सागर घिसिङ दुई वटा तामाङ गीतबाट उत्कृष्ट मोडलमा मनोनित भएका छन् । शुक्रबार दोहा कतारमा आयोजना हुने हिमालयन अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०१९ मा ‘बेस्ट तामाङ मूभि सङ एक्टर’ बिधामा उनी नोमिनेशनमा परेका हुन् ।
उनी तामाङ कथानक चलचित्र ‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ बोलको गीत र चर्चित तामाङ गीत ‘ए बिना ङा’ बाट उत्कृष्ट कलाकारको छनौटमा परेका हुन् । हिमालयन ईभेन्टस् प्रा.लिको आयोजनामा शुक्रबार दिउँसो अवार्ड वितरण कार्यक्रम रहेको छ ।
‘ए बिना ङा’ बोलको तामाङ गीतमा गायक आर.के योञ्जन र गायिका जितु लोप्चनको आवाज सुन्न सकिन्छ । गीतको म्यूजिक भिडियोमा नायक सागर घिसिङसहित स्मारिका थिङको मूख्य अभिनय रहेको छ । अजय स्याङ्तानको निर्देशन र कोरियोग्राफीमा निर्माण भएको म्यूजिक भिडियोलाई सूर्य लामा र दिपेन्द्र भट्टले खिचेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको भिडियोलाई ४ लाख ६९ हजार ५ सयभन्दा बढी पटक हेरिएको । ३ हजार २ सयभन्दा बढी कमेन्ट गरिएको गीतमा करिब ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।
त्यस्तै ‘तिङ मी ढुकढुक’ बोलको गीतमा सागरसँगै नायिका सुष्मा मोक्तानले अभिनय गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई युट्युबमा ३ लाख ९६ हजारभन्दा बढी पटक हेरिएको छ । ३ हजार बढी लाईक गरिएको गीतको म्यूजिक भिडियोमा ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बाले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् ।
यो पनि हेर्नुहोस्
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)