नेतृत्व र नैतिकता विकासका लागि एकिकृत सिद्धान्तमा आधारित २ दिने सेमिनार सम्पन्न

२ फाल्गुन २०७५, बिहीबार १७:२१
Carp Makawanpur FFWPU Makawanpur-Murchunga TV 1

हेटौँडा, २ फागुन । युवाहरुको नेतृत्व तथा नैतिक विकासका लागि मकवानपुरको हेटौँडामा २ दिने सेमिनार बिहीबार सम्पन्न भएको छ । विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपाल (FFWPU-Nepal) मकवानपुर शाखा तथा सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल (CARP-Nepal) मकवानपुर शाखाले सेमिनारको आयोजना गरेको हो ।

Carp Makawanpur FFWPU Makawanpur-Murchunga TV 3

बुधबारदेखि हेटौँडा ५ सानोपोखरामा अवस्थित संस्थाको हलमा संचालित सेमिनारमा २५ जना भन्दा बढी किशोर–किशोरी तथा युवाहरुले सहभागिता जनाएका थिए । सेमिनारमा सहभागीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवम् तामाङ पत्रकार संघ मकवानपुर शाखाका अध्यक्ष चन्द्र घलानले प्रमाणपत्र वितरण गरेका थिए । साथै सेमिनारको समूह कार्यमा विजयी भएको समूहलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलानले युवाहरुलाई नैतिक शिक्षाको समेत आवश्यकता रहेको बताउँदै सेमिनारमा सहभागीहरुलाई सिकेका कुरा व्यवहारमा उतार्न जोड दिए । सेमिनारमा सहभागी युवाहरुले दुई दिने सेमिनारले आफुहरुमा नैतिक जागरण गराएको बताए । सेमिनारबाट युवाहरुको कर्तव्य बोध हुनुका साथै आफु जीवनमा कसरी अगाडि बढ्ने र समाजिक सेवामा कसरी लाग्ने भन्ने प्रेरणा समेत मिलेको सहभागीहरुले बताए । कार्यक्रम घलानको प्रमुख आतिथ्यता तथा मकवानपुरे संचारकर्मी सन्देश थिङको आतिथ्यतामा सम्पन्न भएको हो ।

Carp Makawanpur FFWPU Makawanpur-Murchunga TV 2

सेमिनारमा चन्द्रबहादुर विश्वकर्मा, , सानुकान्छा घलान र एक्काबहादुर घिसिङले प्रशिक्षण दिएका थिए । सेमिनारका बारेमा बताउँदै संस्थाका मकवानपुर जिल्ला संयोजक शुवास लामाले संस्थाले युुवावर्गमा भएका विभिन्न विचलनमा सुधार ल्याउने र युगले सुम्पेको युगीन दायित्व पूरा गर्न युवाहरुलाई शसक्तीकरण गर्ने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवं सेवामूलक विविध कार्यक्रम, सेमिनार र गोष्ठी देशव्यापी रुपमा संचालन गर्दै आईरहेको बताए । साथै पारिवारिक बिखन्डन तथा पारिवारिक समास्या, युुवावर्गमा अहिले आइरहेको विचलनमा सुधार ल्याउने उद्देश्यले ‘प्योर लभ नेपाल’ भन्ने नयाँ अभियान समेत सञ्चालन गरिरहेको लामाले जानकारी दिए ।

यो पनि हेर्नुहोस्

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*