अविवाहितहरु प्रेमको प्रभावले बर्वाद हुन्छन् भने विवाहितहरु प्रेमको अभावले बर्वाद हुन्छन्

पहिले दुई मुटुको मिलनलाई प्रेम भनिन्थ्यो ,अहिले दुई शरिरबिचको मिलाई प्रेम भन्ने भ्रम सिर्जना भएको छ
२ फाल्गुन २०७५, बिहीबार १६:२४
Sandesh Thing-Murchunga TV
पहिले दुई मुटुको मिलनलाई प्रेम भनिन्थ्यो ,अहिले दुई शरिरबिचको मिलाई प्रेम भन्ने भ्रम सिर्जना भएको छ

-सन्देश थिङ
प्रेम यस्तो चिज हो जसमा संसार अडिएको छ । प्रेम शब्द नै काफी छ । यही प्रेमका लागि मानिस आफ्नो जीवन धरापमा राख्छन् अनि प्रेमकै लागि जीवन बलिदान गर्न पनि पछि हट्दैनन् । किनभने प्रेमको प्रभावले अनेक किसिमका परिवर्तनहरु हुनसक्छन् । प्रेम पाउनकै लागि राम र रावणको बिचमा कयौँ वर्ष युद्ध भएको कथा रामायणमा छ । अनि प्रेमकै लागि महाभारतको युद्ध पनि कयौँ वर्ष चलेको थियो ।

प्रेम यस्तो चिज हो, जुन राम्ररी चिन्न सकेमा हजारौँ खुशीहरु यसैमा भेटिन्छन् अनि जिउने आधार पनि यसैमा छ । प्रेमकै अभावले गर्दा संसार नै अन्धकार देखिन्छ । मानौँ, हजारौँ मान्छेको भिडमा लडाईँ जितेर आएको छोरो आमाको अगाडि झुक्छ किन होला ? किन कि त्यो उसको आमाका लागि मनमा भएको प्रेम र सम्मान हो । आमाको ममताको शक्तिको उदाहरण हो, अनि प्रेममा नै जीवन छ । आमाबुवाले छोराछोरी जन्मेपछि यति धेरै माया किन गर्छन् होला ? सायद छोराछोरीबाट केही पाउने स्वार्थमा नभई उनै छोराछोरीले भविष्यमा सँगै होस्, आफुलाई मायाममता गरोस् वा नगरोस्, आमाबुवाले सदैव सदाबहार प्रेम गरिरहेका हुन्छन् । एउटा घरपरिवारभित्र किन प्राय झगडा हुन्छ ? घरमा एकअर्काबिच पक्कै पनि प्रेमको अभाव अनि प्रेमप्रतिको ज्ञानको अभावले नै घरपरिवारमा घरपरिवारमा झगडाको बिउ उम्रन्छ । मान्छेबिच किन झगडा हुन्छ ? किन मानिसहरु वर्षौँसम्म एकअर्कासँग बोल्दैनन् ? अनि किन एकअर्कामाथि दुश्मनी मोल्छन् ? प्रायलाई यसबारेमा थाहा नै हुँदैन । किनभने मान्छेहरु आफुले मात्र धेरै राम्रो गरेको भन्ठान्छन् र अरुले गरेको राम्रो काम प्राय देख्दैनन् । एकअर्कालाई नबुझेरै मान्छेहरु एकअर्काप्रति गलत धारणा बनाउँछन् । प्रेमको गलत अर्थ लागेमा मान्छे पनि गलत हुँदै जान्छन् र अन्तिममा एकअर्कासँग दुश्मनको व्यवहार गर्छन् र पतन हुन्छन् । वास्तवमा प्रेममा भाईरस पसेको जस्तै हुन्छ त्यो सम्बन्ध ।

प्रेम यस्तो चिज हो, जसलाई करोडौँ भाषा र धर्मले रोक्दैन । करोडौँ भाषाभित्र पनि प्रेमले वास गर्छ अनि अनेकौँ धर्मबिचमा पनि यसको आफ्नै अस्तित्व छ । हामीलाई जसरी आफ्नो देश, भाषा र सँस्कृतिको माया लाग्छ त्यसरी नै विश्वमा हरेक देशमा आफ्नो भाषा सँस्कृतिको माया गर्नेे मान्छेहरु हुन्छन् । प्रेमकै कारण मान्छेले धर्म सँस्कृतिलाई विश्वास गर्छन् । अनि विश्वास र प्रेमकै कारण मान्छेले कुनै एक धर्मलाई विश्वास गर्छन् । आफुले अंगालेको धर्मलाई नै उनीहरु प्रेम गर्छन् । प्रेमकै कारणले कसैको धर्म र सँस्कृतिमा हस्तक्षेप भएमा धर्म–धर्म बिच नै विश्वमा युद्ध हुन्छन्, यसको ईतिहास हामीसँगै छ ।
प्रेमकै लागि विश्वमा लाखौँ करोडौँ गीतसँगीतहरु बनेका छन् । मानौँ आफ्नो मान्छेलाई कसैले नराम्रो भन्यो वा नराम्रो नजरले हेर्यो भने तपाईलाई किन रिस उठ्छ ? पक्कै पनि यो तपाईको मान्छेप्रति तपाईको प्रेम हो । वास्तवमा प्रेम अझै पनि जीवन्त छ । कोही मान्छेले कसैले भनेको मान्दै मान्दैन भने सोही मान्छेले आफ्नो मान्छेले भनेको कुरा खुरुखुरु मान्छन् । प्रेम मान्छेको कमजोरी हो भने यही प्रेममा संसारको सबैभन्दा ठूलो शक्ति समेत निहित छ । प्रेमकै लागि मानिसले सबथोक छोड्छन् र प्रेमकै अगाडि झुक्न चाहान्छन् भने प्रेम पाउनकै लागि मान्छे युद्ध पनि गर्न पछि हट्दैनन् । वास्तवमा प्रेम हरेक कुरामा हुनुपर्छ । प्रेममा परेका मान्छे सही बाटो पहिल्याउन नसकेर र आफुले प्रेम गर्ने मान्छे सही नभएर वा आफ्नो प्रेम असफल भएर प्रेममा पागल समेत भएका छन् । उनीहरुको नजरमा संसार र जीन्दगी केही हुँदैन र उनीहरु मृत्यूलाई समेत अंगाल्न पुग्छन् । त्यसैले प्रेम जीवन हो अनि यो जीउने आधार पनि हो । प्रेम केबल प्रेमी र प्रेमिकाबिचमा मात्र होईन, सँसार नै मायाले अडेको छ । प्रेम मानव मानवबिच मात्र नभएर अन्य प्राणीहरुमा पनि हुन्छ । माया नै धर्म हो, शक्ति हो अनि माया नै शान्ति हो । माया सम्मान हो अनि विश्वास पनि हो । अहिलेसम्म संसार चलेकै एकअर्काबिचको प्रेमको कारणले गर्दा हो ।

वास्तवमा यो संसारमा जसले जतिसुकै माया गरेपनि बालापनको जस्तो प्रेम सायद जीवनका अन्य प्रहरमा हुँदैनन् । लाज मानीमानी कोरेर दिएको प्रेमपत्र घण्टौँसम्म शब्द दोहोराई तेहेराई पढेको अनि लुकी लुकी, लजाई लजाई माया लाएको वास्तवमै रोमाञ्चक अनूभूति हो । वास्तवमा बालापनमा आफुलाई थोरै मान्छेले चिनेको तर त्यसमध्येमा धेरैले माया गरेको याद हामी सबैसँग छ । उमेर बढ्दै गएपछि धेरै मान्छेले चिनेका छन् तर त्यसमध्येमा थोरैले मात्र हामीलाई प्रेम गरेको अनुभूति हुन्छन् । धेरैजसोले हामीलाई देखावटी माया र खोक्रो आदर्श मात्र देखाईरहेका हुन्छन् । सानोमा त आफुलाई चाहेको कुरा ठूलाले नदिएमा भक्कानिएर रुँदा आमाबुवाले किनेर ल्याईदिनुहुन्थ्यो । उहाँहरुको हरेक कुरामा वास्तविक प्रेम थियो अनि कुरामा प्रेम थियो । तर अहिले केही मात्र साँचो प्रेम र धेरै जसो झुठा र देखावटी मात्र प्रेम छ । तर पनि प्रेम भने अहिलेसम्म जे जतिसुकै भए पनि अमर नै रहीरहेको छ ।

पहिले–पहिले दुई मुटुको मिलनपछि प्रेम युगौँयुग सम्म हुन्थ्यो, अनि त्यसैलाई साँचो प्रेम पनि भनिन्थ्यो तर अहिले दुई शरिरबिचको मिलन हुनुपूर्व प्रेमको सुरुवात हुन्छ अनि शरिरबिचको मिलनपछि प्रेमको अन्त्य पनि भईहाल्छ । आजभोलि यसैलाई मानिसले प्रेम भनेर बुझ्छन् । प्रेम जीवनको सुरुवातदेखि अन्त्यसम्म रहीरहन्छ । यतिमात्र कहाँ हो र ? मृत्यूपश्चात पनि प्रेम अमर रहीरहन्छ र रहीरहेको पनि छ । अहिलेको जमानामा प्रेम फेसन जस्तै बनेको छ । अनि यसैले विकृति पनि फैलाएको छ । अविवाहितहरु प्रेमको प्रभावले बर्वाद हुन्छन् र विवाहितहरु प्रेमको अभावले बर्वाद हुन्छन् । किनभने अविवाहित महिला वा पुरुषहरुको प्रेम कथाहरुमा थोरै मात्र सफल भएका छन् भने धेरैजसोको प्रेम असफल भएको छ । अविवाहित मानिसहरु प्रेममा परेपछि आफ्नो पढाई, काम र घरपरिवारलाई समय नदिई वास्ता नै गर्न छोड्छन् । उनीहरुले पढाई पनि बिगार्छन् । काम र पढाईबाट समेत टाढा हुँदै गएपछि उनीहरुको जीवन अन्यौल बन्छ । वास्तवमा अविवाहितहरु यसरी नै बर्वाद हुँदै जान्छन् । त्यस्तै विवाहितहरुको पनि कतिपयको जीवन प्रेममय देखिन्छ भने कतिपयको प्रेमकै अभावले बर्वाद समेत भएका छन् । उदाहरणका लागि विदेशमा गएका युवाहरुको पिडालाई लिन सकिन्छ । श्रीमान वा श्रीमती लामो समयसम्म छुटेर बसेकै कारण प्रेमको अभावले कयौँको जीवन बर्वाद भएको छ ।

यो पनि हेर्नुहोस्

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*