नायक अनमोल केसीको आफैसँग भिडन्त, ए मेरो हजुर ३ र क्याप्टेनमा कुन राम्रो ?

२९ माघ २०७५, मंगलवार २१:१०
Featured Video Play Icon

हेटौँडा, २९ माघ । युवा दर्शकमाझ लोकप्रिय छवि बनाएका नायक अनमोल केसी यो हप्ता आफैसँग भिडेका छन् । उनका दुई चलचित्रको यतिखेर युट्युबमा भिडन्त परेको छ ।

अनमोलकै अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को टिजर र चलचित्र ‘क्याप्टेन’ को ट्रेलर यतिखेर युट्युब ट्रेण्डिङमा छ । करिब १० दिन अघि युट्युबमा अपलोड गरिएको चलचित्र क्याप्टेनको ट्रेलर यो सामाग्री तयार पार्दाको समयमा यट्युव ट्रेण्डिङको ११ औँ नम्बरमा छ भने दुई दिन अघि सार्वजनिक गरिएको ‘ए मेरो हजुर ३’ को टिजर युट्युब ट्रेण्डिङको नवौँ नम्बरमा छ ।
हेर्नुहोस् भिडियो–

यी दुबै चलचित्रमा अनमोलको लिड रोल छ । अनमोलसँगै ए मेरो हजुर ३ मा नायिका तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यू गर्दैछिन् भने क्याप्टेनमा उपासना सिंह ठकुरीले डेब्यू गर्दैछिन् । क्याप्टेनको ट्रेलरलाई यो सामाग्री तयार पार्दाको समयमा १८ लाख १८ हजारभन्दा बढी पटक हेरिएको छ भने ६१ हजारभन्दा बढी लाईक र ९ हजार ६ सयभन्दा बढी कमेन्ट गरिएका छन् । ट्रेलरलाई ५ हजार ४ सयभन्दा बढीले डिसलाईक गरेका छन् ।

त्यस्तै यता २ दिन अघिमात्र अपलोड गरिएको ए मेरो हजुर ३ को टिजरले युट्युब ट्रेण्डिङमा क्याप्टेनको ट्रेलरलाई उछिनेको छ । यो सामाग्री तयार पार्दाको समयमा ए मेरो हजुर ३ को टिजरलाई ३ लाख ८९ हजार पटक हेरिएको छ । भिडियोमा १६ हजार भन्दा बढीले लाईक र ९ सयभन्दा बढीले डिसलाईक गरेका छन् । भिडियोमा २ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

यो पनि हेर्नुहोस्

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*