पल र आँचल फेरि मायामा एकैसाथ (भिडियो)

२९ माघ २०७५, मंगलवार १४:०१
Featured Video Play Icon

हेटौँडा, २९ माघ । लामो समयसम्म म्यूजिक भिडियोमा सँगै नदेखिएका चर्चित नायक पल शाह र चर्चित नायिका आँचल शर्मा फेरि एक पटक सँगै देखिएका छन् । गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको नयाँ गीत ‘मायामा तिम्रो’ मार्फत उनीहरु फेरि एकैपटक स्क्रीनमा देखिएका हुन् । हेरौँ भिडियो रिपोर्ट–

आँप जोडीका रुपमा चर्चित उनीहरु केही समयदेखि एकै म्यूजिक भिडियो तथा चलचित्रमा देखिएका थिएनन् । तर उनीहरु एकपटक फेरि नयाँ गीतको म्यूजिक भिडियोमा संगै देखिएका हुन् । सुरेश वाग्ले र मेगराज लागुनको शब्दमा तयार भएको गीतको म्यूजिक भिडियोमा पल र आँचललाई गहिरो प्रेममा परेको देखाइएको छ । आँचललाई एक विवाहित महिलाका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । तर उनले निकै नै धनी श्रीमानलाई डिभोर्स दिँदै मायाको खातिर पललाई लाई नै अँगालेको देखाईको छ । म्युजिक भिडियोमासुशिल काफ्ले र सुरेश वाग्लेलाई पनि फिचरिङ गरिएको छ ।

मेगराज लागुनको संगितमा बनेको गीतको म्यूजिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । आँप जोडीको यो म्युजिक भिडियो उनीहरुको फ्यानको लागि नयाँ उपहार हुनसक्छ । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्–
नायिका आँचल शर्माको पक्षमा नायक पल शाह
आँचल र पलसँग रमाईलो कुरा, आँचलले खोलिन् पोल
पल र आँचलको प्रेमयुद्ध
पलको गालामा आँचलको थप्पड
पल र आँचलको प्रेम छताछुल्ल
आँचलको आँखामा ब्ल्याकको कथा
जोनी जेन्टल म्यानमा पल र आँचलको प्रेम
शत्रु गतेको प्रचारमा आँचल र पलको यस्तो मस्ती
पल र आँचलको मज्जाको डान्स
फ्यानहरुले बनाए पल र आँचलको ट्रेलर
आँचललाई बाटोमै मंगलसुत्र र पिरतीको बर्को
तिलहरी दिएर आँचललाई फकाउँदै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*