
नायक सागर घिसिङलाई उत्कृष्ट तामाङ मोडल अवार्ड

हेटौँडा, २६ माघ । चर्चित नायक सागर घिसिङलाई ‘उत्कृष्ट तामाङ गीत मोडल अवार्ड’ प्रदान गरिएको छ । ‘नेशनल पावर न्यूज म्युजिक अवार्ड २०१९’ अन्तर्गत उत्कृष्ट तामाङ गीत मोडल विधामा उनले अवार्ड प्राप्त गरेका हुन् ।
नायक घिसिङले उनकै मुख्य अभिनय रहेको चर्चित तामाङ कथानक चलचित्र ‘घ्रान’ मा समावेश गरिएको ‘तिङमी ढुकढुक’ बोलको गीतबाट मनोनयनमा पर्दै अवार्ड हासिल गरेका हुन् । नायक घिसिङ कार्यक्रमका सिलसिलामा विदेशमा रहेका कारण अवार्ड समारोहमा उक्त गीतका गीतकार कुमार स्याङ्बाले अवार्ड ग्रहण गरेका थिए । तामाङ गीत मोडल विधामा पुष्पाञ्जली लोप्चन, पूर्णिमा लामा, रश्मि तामाङ, सञ्जु घिसिङ, अमिर दोङ लगायतका कलाकारलाई पछि पार्दै उनले अवार्ड जितेका हुन् ।

अवार्ड ग्रहणपछि गीतकार कुमार स्याङ्बा
जीवनमा नै पहिलो पटक अवार्ड पाएको भन्दै सागरले सामाजिक सञ्जालमा समेत खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्–‘जीवनको पहिलो अवार्ड, ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९, यो खुशी, यो उमंग तपाईं सम्पूर्णमा समर्पित गर्न चाहन्छु । कलाकरितामा लागेको एक दशक पछि आज एक खुड्किला पार गरिएको अनुभुति मिलेको छ । यो मौका जुराईदिनु हुने गीतकार कुमार स्याङ्बा ज्यु, गायक तथा संगीतकार विशाल काल्तान ज्यु,गायिका जितु लोप्चन नृत्य निर्देशक अजय स्याङ्तान सर, निर्माताद्वय राम घिसिङ दाई, शम्भु घिसिङ लगायत मेरो घ्रान टिमका सम्पूर्ण साथीहरु, मेरो दर्शक, मलाई माया गर्नु हुने तपाईं सम्पुर्ण प्रति हार्दिक आभार कृतज्ञता अर्पण गर्दै विशेष धन्यवाद दिन चाहन्छु । धन्यवाद ।’
‘तिङ मी ढुकढुक’ बोलको गीतलाई तामाङ चलचित्रका गीतहरुमध्ये अहिलेसम्मकै सर्वाधिक भ्यूज प्राप्त भएको छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई युट्युबमा ३९ लाख १ हजारभन्दा बढी पटक हेरिएको छ । ३ हजार बढी लाईक गरिएको गीतको म्यूजिक भिडियोमा ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बाले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ ।
यो पनि हेर्नुहोस्
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)