बाग्मती गाउँपालिका स्तरीय राहत शिक्षकको प्रथम अधिवेशन सम्पन्न, सहमति कार्यान्वयनमा दवाब

२० माघ २०७५, आईतवार ०४:१६
Rahat Shikshak Bagmati Rai Gau-Murchunga TV 1

–प्रमोद कुमार राई
राईगाउँ, २० माघ ।
मकवानपुरको सुदुरपुर्वि बाग्मती गाउँपालिकामा राहत शिक्षकहरूको प्रथम अधिवेशन वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । राहत शिक्षक तथा नेपाल सरकारबिच २०७५ असोज २२ गते भएको सहमति कार्यान्वयनका लागि नेपाल सरकारलाई दबाब दिन तथा आगामी दिनमा संगठन अझ सशक्त बनाउदै लैजानका लागि अधिवेशनमा बृहत अन्तरक्रियासंगै गाउँपालिका स्तरीय समिति समेत निर्माण गरिएको छ ।

Rahat Shikshak Bagmati Rai Gau-Murchunga TV 2

कार्यक्रममा प्रमुख अतिथि नेपाल राहत शिक्षक संघर्ष समितिका केन्द्रीय उपमहासचिव डम्बर राईले मन्तव्य व्यक्त गर्दै राहत शिक्षकहरू र नेपाल सरकारबिच गत असोज २२ मा भएका सहमति तथा सम्झौताका कार्यान्वयनका लागि केन्द्रीय समितिले निरन्तर नेपाल सरकारलाई दबाब दिइरहेको बताए । साथै हाल सम्बन्धित दल, नेता , मन्त्रालय तथा कर्मचारीहरूसंग निरन्तर छलफल भइरहेको समेत जानकारी गराए । उनले भने –‘राहत शिक्षकको व्यवस्थापनका तीन विपकल्प अघि सारेका छौँ । गोल्डेन ह्यान्सेकका कुरा पनि अघि सारिएकै हो । नेपाल सरकारद्वारा प्रस्तावित संघिय ऐनमा राहत शिक्षकको व्यवस्थापनसंग सम्बन्धित विषय नसमेटिएकाले ऐनमा व्यवस्था गर्न केन्द्रीय समितिले निरन्तर दबाब दिइनैरहेका छौँ तर सरकार सजिलै मान्न तयार छैन ,अब सम्झौता कार्यान्वयनका लागि एक दुई दिनको आन्दोलन होइन ,हप्तौं सम्मको आन्दोलन गर्न आवश्यक छ, त्यस खालको आन्दोलनको तयारी भइरहेको छ , आम राहत शिक्षकहरूलाई सहभागीहुन अनुरोध छ ।’

Rahat Shikshak Bagmati Rai Gau-Murchunga TV 3

कार्यक्रममा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य तथा अन्य अतिथिहरूले मन्तव्य राखेका थिए । कार्यक्रममा विशेष अतिथि नेपाल राहत शिक्षक संघर्ष समित मकवानपुर जिल्ला अध्यक्ष हरि पौडेल, केन्द्रीय सदस्य सन्देश तुम्सिङ, मकवानपुर जिल्ला सदस्य जीवन तिमल्सिना र पेसागत संगठनका अध्यक्षहरू लगाएतकाको आतिथ्यता रहेको थियो । राहत शिक्षक संघर्ष समिति बाग्मती गाउँपालिकाका संयोजक तीर्थ सापकोटाको अध्यक्षतामा श्री देवकी मावि ज्यामिरेमा सो अधिवेशन सम्पन्न भएको हो । उपस्थित अतिथिहरूलाई देवकी माविका छात्राहरूको सुन्दर नृत्य प्रस्तुतिले स्वागत गरेका थिए । भेलावाट हस्तबहादुर रानाको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण गरिएको छ । भेलामा राहत शिक्षकहरूको उल्लेख्य उपस्थित रहेको थियो । बाग्मती गाउँपालिको ५० विद्यालयहरु मध्ये हाल प्राविमा, ७७ निमाविमा २३ र माविमा ८ गरि जम्मा १०८ जना राहत शिक्षकहरू कार्यरत छन् ।

Rahat Shikshak Bagmati Rai Gau-Murchunga TV 5

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*