फापरबारी दुर्घटना अपडेट- हेटौँडाकी शिक्षिका पनि घाईते, ६ जनाको नाम खुल्यो

१९ माघ २०७५, शनिबार १४:२९
Phaparbari Accident-Murchunga TV 22

मकवानपुर, १९ माघ । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ४ पाँच पाण्डव नजिकै शनिबार साँझ ट्रयाक्टर पल्टिदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । त्यस्तै ६ जना घाईते भएका छन् । स्थानीय किरण माझीका अनुसार घाईतेमध्ये १ जना सामान्य घाइएते भएको र अन्य ५ जना गम्भिर घाईते भएका छन् । उनीहरुलाई थप उपचारको लागि हेटौँडा अस्पतालतर्फ पठाइएको छ ।

बाग्मती गाउँपालिकाको फापरबारीबाट पाँचपाण्डव तर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिँदा सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५० वर्षीय हेमकुमार श्रेष्ठको ज्यान गएको छ भने दुर्घटनामा हेटौँडाकी शिक्षिका शिवमाया मगर समेत घाईते भएको फापरबारीबाट स्थानीय शिक्षक प्रमोद कुमार राईले जानकारी दिए । मगर बाग्मती गाउँपालिका वडा नम्बर ५ देवकी मावि ज्यामिरेमा भएको अस्थायी शिक्षकको भेलामा सहभागी भएर घर फर्कदैँ गरेकी थिईन् ।

दुर्घटनामा परी सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ बस्ने बखत राई गम्भिर घाईते भएको राईले बताए । राईको अवस्था चिन्ताजनक भएको समेत उनले जानकारी दिएका छन् । त्यस्तै दुर्घटनामा परि गम्भिर घाईते भएका शक्ति राई, मोहन राई र कृष्ण राईलाई समेत उपचारका लागि हेटौँडा तर्फ रिफर गरिएको शिक्षक राईले जानकारी दिए । घाईते भएका एक जनाको भने नाम खुलेको छैन ।

निर्माणाधिन धरान चतरा मार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करिब २ किलोमिटर नजिकै ना. ६ त ४४२ नम्बरको ट्रयाक्टर शनिबरा साँझ साढे ५ बजे दुर्घटना भएको हो । ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ । ट्रयाक्टर निकाल्न जेसिबि नै प्रयोग गर्नुपर्ने अवस्था रहेको राईले बताए । यो पनि पढ्नुहोस्–अपडेट–फापरबारीको पाँच पाण्डब नजिकै ट्रयाक्टर पल्टियो, १ जनाको मृत्यू, ६ जना घाईते

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*