अपडेट–फापरबारीको पाँच पाण्डब नजिकै ट्रयाक्टर पल्टियो, १ जनाको मृत्यू, ६ जना घाईते

१९ माघ २०७५, शनिबार १४:०३
Phaparbari Accident-Murchunga TV 11

मकवानपुर, १९ माघ । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ४ पाँच पाण्डव नजिकै शनिबार साँझ ट्रयाक्टर पल्टिदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । बाग्मती गाउँपालिकाको फापरबारीबाट पाँचपाण्डव तर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिँदा सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५० वर्षीय हेमकुमार  श्रेष्ठको ज्यान गएको हो । दुर्घटनामा एक महिलासहित ट्रयाक्टर चालक लगायतका ६ जना घाईते भएको फापरबारीबाट स्थानीय शिक्षक प्रमोद कुमार राईले जानकारी दिएका छन् ।

Phaparbari Accident-Murchunga TV 22

तस्बिर– प्रमोद कुमार राई

निर्माणाधिन धरान चतरा मार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करिब २ किलोमिटर नजिकै ना. ६ त ४४२ नम्बरको ट्रयाक्टर शनिबरा साँझ साढे ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि घाईते भएका ५ जनालाई अस्पतालतर्फ लगिएको राईले बताए । घाईतेहरुको नाम भने खुलेको छैन । ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ । ट्रयाक्टर निकाल्न जेसिबि नै प्रयोग गर्नुपर्ने अवस्था रहेको राईले बताए ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*