कोरियाली सहयोगमा मनहरीको लामिटारमा ७ कोठे विद्यालय भवन बन्ने

१९ माघ २०७५, शनिबार १३:१७
Manahari Lamiatar School-Murchunga TV

–जयराम मोक्तान
हेटौँडा, २० माघ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ लामिटारमा रहेको नवज्योती प्रथामिक विद्यालयको नयाँ भवन बन्ने भएको छ । विद्यालय प्राङ्गणमा शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयको भौतिक पुर्वाधार विकास अन्तर्गत भवन बनाउने निर्णय गरिएको हो ।

एजुकेशनफर अल फाउन्डेस कोरिया तथा मनहरी गाउँपालिकाको आर्थिक सहायोगमा ७ कोठे सुबिधा समपन्न पक्की भवन निर्माण गर्न लागेको हो । विद्यालय भवन निर्माणमा लाग्ने ९० प्रतिशत आर्थिक सहयोग एजुकेशनफर अल फाउन्डेसन कोरियाले गर्ने र गाउँपालिकाको १० प्रतिशतको लगानीमा उक्त भवन निर्माण गर्न लागेको हो । हाल कक्षा सञ्चालित रहेको भवन अगाडी ८ मिटरको सडक कायम गर्दा कक्षा कोठाको ढोकैमा बाटो पुग्ने हुँदा विद्यार्थीहरु दुर्घटनामा पर्ने सम्भावना रहेको छ । त्यस्तै विद्यार्थीको चाप बढी रहेकाले कक्षा सञ्चालनको लागि कक्षा कोठाको अभाव सिर्जना भएकाले नयाँ भवन निर्माणको अत्यन्तै आवश्यक रहेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपी आर्यालले जानकारी दिए ।

हाल ५ कक्षा सम्म अध्यापन हुने उक्त विद्यालयको पुरानो भवनमा ३ कोठा मात्र रहेको छ । ३ वटा मात्र कक्षा कोठामा हाल १ सय ७० भन्दा बढी विद्यार्थीहरु राखेर ५ कक्षा सम्मको कक्षा सञ्चालन गरिँदै आएको छ । भवनको निर्माणका लागी डिपीआर तयार गरेर तुरुन्तै टेण्डर प्रक्रियामा गई भवन निर्माणको प्रक्रिया छिट्टै थालनी गर्ने अध्यक्ष अर्यालले जानकारी दिए ।

छलफल कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ट विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपी अर्याल, ३ नम्बर वडाका अध्यक्ष मानबहादुर स्याङ्तान ,अभिभावक तथा शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*