सोनाम ल्होछारका अवसरमा हेटौँडामा आईतबार रक्तदान हुने

हेटौँडा, १९ माघ । तामाङ समुदायको महान चाड मञ्जुश्री सम्वत २८५५ आँै फाग ल्हो (बँदेल वर्ग) सोनाम ल्होछारका अवसरमा मकवानपुरको हेटौँडामा आईबार बिहान रक्तदान कार्यक्रम हुने भएको छ ।
नेपाल तामाङ घेदुङ हेटौँडा नगर कमिटि मकवानपुरको आयोजनामा माघ २० गते बिहान ७ बजे हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम गर्न लागिएको नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए । रक्तदान कार्यक्रममा मकवानपुर सहित आसपास क्षेत्रका रक्तदाताहरुले रक्तदान गरिने अपेक्षा गरिएको घलानले बताए ।
सोनाम ल्होछारकै अवसरमा हेटौँडाको भुटनदेवी पार्कमा माघ २१ र २२ गते प्रथम सोनाम ल्होछार महोत्सव पनि आयोजना हुँदैछ ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)