मनहरीको मसिनेमा वडा संवाद, यस्ता छन् मसिनेको समस्याहरु

मकवानपुर, १८ माघ । मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा वडा सम्बाद कार्यक्रम भएको छ । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यमा भएको वडा सम्वाद कार्यक्रममा स्थानीय महिला, युवा तथा किशोरीहरुले स्थानिय सवालको बारेमा प्रश्न गरेका थिए ।
मनहरी ४ मसिनेको पशुपति माबिको शैक्षिक अवस्था, स्थानीय सडक, कृषि, स्वास्थको स्तरोन्नति, सिमान्तकृत समुदायको हक अधिकार लगायतका विषयमा छलफल गरिएको थियो । आम समुदायमा शिक्षा, स्वाथ्यको सहज पहुँच कमजोर भएको सहभागीले बताएका थिए । ऐलानी जग्गामा बसेका नागरिकको बेरोजगारी समस्या, गरिबिको समस्या, पर्सा पन्यजन्तु आरक्षको कारण भोग्नु परेको समस्याले स्थानियहरु आजित भएको वडा सदस्य ध्रुव खड्काले बताए । बालबालिका कुपोषणको समस्या बढी रहेको बताए । स्कुलको पहुँच सहज नभएको कारण बालबालिकाहरु स्कुल छोडेर गलैंचा बुन्न जाने गरेको र त्यहाँ कामको शिलशिलामा विभिन्न प्रकारको हिंसाको सिकार हुने गरेको उनले बताए ।
पर्सा बन्यजन्तु आरक्षबाट नियमतः पाउने मध्यवर्ती सुबिधा पनि स्थानीय निकायसँग समन्वय नभएको वडा अध्यक्ष खड्काले बताए । यो क्षेत्रका देखिएको समस्यालाई न्यूनिकरण गर्न र शिक्षामा पहुँच बढाउनको लागि स्थानिय अभिभवकलाई सचेतना कार्यक्रम, निःशुल्क शिक्षा, विद्यालय एकीकरण, विद्यालय बसको ब्यवस्थापन जस्ता प्रक्रियाको लागि गाउँ शिक्षा समितिले अध्ययन सुरु गरेको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताईन् । सिङ्गो बस्तिको समस्या भएपनी प्रधानमन्त्री एकीकृत बस्ती योजनामाको कार्यक्रम पनि यो क्षेत्रमा नीतिगत काम सुरु नै नभएको खड्काले बताए । वडाले खानेपानीको समस्या समाधान गर्नको लागि मुख्य प्राथमिकता दिएको वडा अध्यक्ष खड्काले बताए । उनको अनुसार वडामा २ स्थानमा खानेपानीको लागि बोरिङ गरिसकिएको छ । यसैगरी बिद्युतको लागि यस बर्ष १६ लाख बिनियोजन गरिसकेको उनले बताए ।
सम्वाद कार्यक्रममा वडा सदस्यहरु मुकुन्द पुडासैनी, सृजना सुनार, भीमलाल रुम्बा, सब इन्जिनियर भक्तबहादुर साउद समेतले सहभागिको जिज्ञासाको उत्तर दिएका थिए । क्यानडा फण्डको आर्थिक सहयोग तथा हिमराईट्स मकवानपुरले आयोजना र मनहरी गाउँपालिकाको सहकार्यमा कार्यक्रम भएको थियो । सम्बाद कार्यक्रम स्रोत ब्यक्ति प्रकाश ढकालले सहजीकरण गरेका थिए । सिमान्तकृत युवा सक्रिय सहभागीता परियोजना अन्तरगत उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा हिमराईट्स मकवानपुर प्रखुम कुमारी वाईबा,नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष तथा सन्चारिका समूह ३ नम्बर प्रदेश अध्यक्ष सरिता दाहाल, पत्रकार महासंघ मकवानपुर कार्यसमिति सदस्य अशोजसुजन श्रेष्ठ लगायतको उपस्थिति थियो ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)