बागमती गाउँपालिकाको निर्णय : सोनाम ल्होछारमा १ दिन बिदा

हेटौँडा, १५ माघ । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारका अवसरमा प्रदेश ३ सरकारले बिदा नदिने अवस्था देखिएको बेलामा पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले ल्होछारमा बिदा दिने निर्णय गर्दै पहिलो पहलकदमी अघि सारेको छ ।
माघ ९ गते गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले यही माघ २२ गते परेको २८५५ औं सोनाम ल्होछारमा विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरु उक्त दिन बन्द रहने जनाएका छन् ।
बागमती गाउँपालिकामा करिब ६० प्रतिशत बढी तामाङ समुदायको बसोबास रहेको छ । सोनाम ल्होछारका अवसरमा बिदा घोषणा गरेपछि स्थानीयबासीमा खुशी छाएको छ । बागमती गाउँपालिकाले बिदा दिने निर्णय गरेसँगै ल्होछारको बिदाको बहसले थप उचाई प्राप्त गरेको छ । हेर्नुहोस् सूचना–
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)