हेटौँडाका युवाहरु ‘झुम्के बुलाकी’ किनेर मायालु फकाउँदै (भिडियो सहित)

हेटौँडा, १२ माघ । मकवानपुरमा पछिल्लो समय चर्चामा रहन सफल डान्स ग्रुप ‘द हेटौँडा क्रियु’ को डान्स कभर भिडियो ‘झुम्के बुलाकी’ सार्वजनिक भएको छ ।
मायालु इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत भिडियो रिलिज गरिएको हो । कलाकार दिलिप लामासहितको हेटौँडाका युवाहरुले म्यूजिक भिडियोमा आफ्नो मायालुलाई फकाएको दृश्यहरुलाई निकै कलात्मक तरिकाले स्क्रिनमा देखाईको छ । सिर्जु अधिकारी र अमृत खातीको आवाजमा रहेको उक्त गितको भिडियो द हेटौँडा क्रियुले तयार पारेको हो । भिडियोमा क्रियुका विष्णु, अमित,दिपक, दिलिप, कृष्ण, बिसु, अनिता, सन्ध्या र प्रियंकाको नृत्यलाई हेर्न सकिन्छ ।
गीतमा बिसम गौतमको शब्द र सिर्जु अधिकारीको संगीत रहेको छ । विष्णु ठकुरीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई आशिष लामा, सुजन मग्राती र मिलन श्रेष्ठले खिचेका हुन् । हेटौँडाका रमणिय पर्यटकीयस्थलहरुमा म्यूजिक भिडियो छायाँकन गरिएको छ । हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्
हेटौँडाका उत्सव बने हिरो
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)