
हेटौँडामा बंगुर पालक कृषक समूहबिच छलफल कार्यक्रम

हेटौँडा, १० माघ । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको आयोजनामा हेटौँडा ११ थानाभर्याङ सिमलटारस्थित स्वरोजगार बंगुर पालक कृषक समूह र संस्थाबिच छलफल कार्यक्रम गरिएको छ ।
उन्नत जातका बंगुरका पाठापाठी फैलाउने उदेश्यले बिहीबार कृषकबिच छलफल गरिएको हो । बंगुरका पाठापाठी र मासुको लागि छुट्टाछुट्टै किसिमले बंगुरलाई रेखदेख गर्नुपर्ने, स्वस्थ आहार, खोर व्यवस्थापन, औषधी उपचार र बजारिकरणका विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख पशु विकास अधिकृत कृष्णकान्त न्यौपानेले बंगुरलाई उदेश्य अनुसार छुट्टाछुट्टै किसिमले हुर्काउनुपर्ने बताए । उनले भने, ‘खोर व्यवस्थापन, आहारबिहार, बधशाला र बजारिकरणमा निकै ध्यान दिनुपर्ने हुन्छ ।’ कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले सिमलटार क्षेत्रमा कृषक समूहका सदस्यहरुलाई बंगुर पालनका लागि ३० वटा उन्नत जातका पाठापाठी सहयोग गर्ने र खोर व्यवस्थापनका लागि कृषकहरुलाई तालिम र आर्थिक सहयोग समेत दिने प्रतिवद्धत्ता जनाए ।
स्वरोजगार बंगुरपालक कृषक समूहका उपाध्यक्ष सन्तकुमार विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विशेष अतिथि एवम् वडा नम्बर ११ का वडा अध्यक्ष गोकर्ण पराजुली, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डे, पशु विकास अधिकृत सोमबहादुर गुरुङ, पशु विकास अधिकृत डाक्टर रविन बस्ताकोटी, स्वरोजगार बंगुरपालक कृषक समूहका सल्लाहकार गोबिन्द प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)