हेटौँडामा सटर फोरेरेर चोरी गरेको आरोपमा २ जना पक्राउ

हेटौँडा, १० माघ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० टिसिएन रोडमा रहेको डाँफे कोल्ड स्टोर्सको सटर फोडेर चोरी गरेको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
माघ ८ गते राति अन्दाजी मध्यान्ह १२ बजेको समयमा हेटौँडा १० बस्ने राजु मोक्तानको टिसिएन रोडमा अवस्थित कोल्ड स्टोर्सको सटर तोडी चोरी भएको अनुसन्धानको माघ ९ गते हेटौँडा १० बस्ने बर्ष २३ को राजिव गुरुङ र सोही ठाउँ बस्ने बर्ष २४ को सरिन केसीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापा समेतको टोलीले बिशेष सुचनाको आधारमा बुधबार दिउँसो हेटौँडा १० स्थित टेम्पु पार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई खानतलासी गर्दा राजिवको साथबाट रु.५० को एनटीसीको रिचार्ज कार्ड ४० थान, त्यस्तै ५० को एनसेलको ३२ थान, नगद रु. ५२० र सरिनको साथबाट नगद रु.१ हजार ४ सय ३०, खुकुरी चुरोटको बट्टा १ थान समेत फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै सरिनको घरमा गइ खानतलासी गर्दा मदिरा, चुरोट लगायतका सामानहरु चोरी गरी लुकाई छिपाई राखेको हुनाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)