पदमपोखरी ठूलोथलीमा ल्होछारको तयारी तिब्र, राष्ट्रिय कलाकारहरु आउने (भिडियो सहित)

८ माघ २०७५, मंगलवार १२:५२
Featured Video Play Icon

हेटौँडा, ८ माघ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १३, पदमपोखरीको ठूलोथलीमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । सोनाम ल्होछार साँस्कृतिक मूल समारोह समितिले मंगलबार बिहान हेटौँडाको नेप्लिज रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी ल्होछार विशेष साँस्कृतिक कार्यक्रम माघ २५ गते हुने जानकारी दिएको हो ।

तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बँदेल बर्ग) सोनाम ल्होछारको अवसरमा माघ २५ गते ठूलोथलीस्थित गुम्बा डाँडामा साँस्कृतिक कार्यक्रम हुने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिकी संयोजक संगिता वाईबाले पदमपोखरीको ठुलोथलीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न समेत कार्यक्रमको स्थल ठुलोथली तोकिएको बताईन् । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु टिका भोम्जन, जगत लामा घिसिङ, अनिल लामा वाईवा, प्रकाश लामा, अविराम मुक्तान, बिमला लामा लगाएतका कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिने संयोजक वाईवाले बताईन् ।

दिउँसो ३ बजेदेखि हुने कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । करिब २ लाख लागत अनुमान गरिएको साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि सबैलाई आह्वान गरिएको छ । कार्यक्रम स्थल पर्यटकीय क्षेत्रका रुपमा समेत विकास भइरहेकोले उक्त स्थानको अवलोकनका लागि समेत संयोजक वाईबाले आह्वान गरेकी छिन् ।

ल्होछारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्नका लागि १३ सदस्यीय ल्होछार मुल समारोह समिति समेत गठन संयोजक वाईबाले जानकारी दिईन् । समितिका सदस्यहरुमा प्रेमबहादुर गोले, रामलाल गोले, शंकर मोक्तान, मदनकुमार बल, भुवन मोक्तान, जीवन स्याङ्तान, दिलिप थिङ, कृष्णबहादुर मोक्तान, सुरेश गोले, बिरबहादुर गोले, सिता थिङ र ध्यानबहादुर दोङ रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार वाईबा, कुमार सिं बज्यू, सुकुमबहादुर मोक्तान, भिमबहादुर थिङ लगायत रहेका छन् ।

पत्रकार सम्मेलनमा संयोजक वाईबा, वडा नम्बर १३ कार्यपालिका सदस्य रुपा खुलाल, कलाकार संयोजक धिरेन लामासहित मूल समारोह समितिका सदस्यहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*