हेटौँडामा बिहानै ट्रक दुर्घटना (भिडियो सहित)

हेटौँडा, ८ माघ । मकवानपुरको हेटौँडामा मंगलबार बिहानै ट्रक पल्टिएको छ । काठमाडौंबाट हेटौंडाको लागि सामान बोकेर आएको ग १ ख ६२२२ नम्बरको आइचर कम्पनीको ट्रक हेटौंडाको बुद्धचोकमा दुर्घटना भएको हो ।
ट्राफिक प्रहरीका अनुसार ट्रकका चालक निदाएको कारण दूर्घटना भएको हो । बिहान करिब साढे ४ बजेको समयमा राप्तीरोडबाट आउने सवारीले दायाँबाट बुद्धको मूर्ति परिक्रमा गरी आफ्नो साइडमा गुड्नुपर्नेमा चालकले बायाँबाटै मोडेकोमा बुद्धचोकको बायाँ रेलिङका ठोक्किएर दूर्घटना भएको हो । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
ट्रक चालक धादिङ घर भएका २३ वर्षीय सरोज खतिवडाले आफू निदाएको कारण दूर्घटना भएको स्वीकार गरे । रेलिङ ठोक्किएर पल्टिएको ट्रकलाई क्रेन लगाएर उठाइसकिएको छ । हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)