सञ्चारकर्मी मनोहर ढकालको हत्या अझै शंकास्पद

८ माघ २०७५, मंगलवार ०१:३२
Manohar Dhakal-Murchunga TV

हेटौँडा, ८ माघ । हत्यामा संलग्न २ जना पक्राउ परिसक्दा समेत मकवानपुरका सञ्चारकर्मीहरुले मकवानपुरे सञ्चारकर्मी मनोहर ढकालको हत्या अझै शंकास्पद रहेको बताएका छन् । ढकालको हत्या भएको १३ औँ दिनमा सोमबार नेपाल पत्रकार महासंघले गरेको शोकसभामा बोल्दै मकवानपुरे सञ्चारकर्मीहरुले ढकालको हत्या अझैपनि शंकाको घेरामा रहेको बताएका हुन् ।

गत पुस २५ गते हेटौँडा १ भैरबडाँडामा हत्या गरिएका ढकालको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले माघ ५ गते हत्यामा प्रत्यक्ष रुपमा संलग्न भएको आरोपमा दुई जना तथा ढकालको हराएको समान खरिद गरेको आरोपमा थप दुई ब्यवसायीलाई समेत सार्वजनिक गरिसकेको छ । हत्यामा संलग्न दुईजनाले दिएको बयान अनुसार उनीहरुले हत्या गरेको स्विकार गरेको भएपनि ढकाल उक्त स्थानमा किन गए भन्ने विषयमा अझै केहि नखुलेको कारण पनि घटना अझै शंकास्पद रहेको शोकसभामा आएका अधिकांश सञ्चारर्मीहरुको भनाई रहेको थियो ।

प्रहरीले हत्यारालाई सार्वजनिक गर्नु राम्रो पक्ष रहेको तर हत्या भएको समयमा ढकाल उक्त स्थानसम्म किन पुगे भन्ने विषयलाई समेत अनुसन्धानको घेरामा ल्याएर घटनाको थप जानकारी समेत सार्वजनिक गर्न समेत सञ्चारकर्मीहरुले माग गरेका छन् ।

स्वर्गीय ढकाल सामुदायिक रेडियो पालुङ स्थापनाकालदेखि नै सोही रेडियोमा कार्यरत थिए । उनी शक्ति एफ.एम. हुँदै रेडियो अनमोलमा समेत आवद्ध भएका थिए । वि.सं. २०३३ असोज ५ मा जन्मिएका ढकालले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका थिए । उनी हेटौँडा १२ पान्तलेमा अवस्थित बुद्ध माविमा अध्यापन समेत गर्थे ।
यो पनि हेर्नुहोस्–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*