सञ्चारकर्मी मनोहर ढकालको हत्या : सम्झाउन खोज्दा गयो ज्यान (भिडियो)

६ माघ २०७५, आईतवार ०६:२७
Featured Video Play Icon

मकवानपुर ०६ माघ । मकवानपुरका संचारकर्मी मनोहर ढकाल गत पुस २५ गते मृत अवस्थामा भेटिएपछि सुक्ष्म अध्ययन थालेको मकवानपुर प्रहरीले १० दिनपछि शनिबार उनको हत्या भएको पुष्टि गर्दै हत्यामा संलग्न २ सहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न हेटौँडा ११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का प्रविण वाईबालाई पक्राउ गरिएको छ । उनीहरुले हत्या गरेको समेत स्विकार गरेका छन् । त्यस्तै स्वर्गीय ढकालको मोबाईल किनेका भिमफदी गाउँपालिका वडा नम्बर ६ का ३१ वर्षीय दिनेश थापा मगर (दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टरका संचालक) र स्वर्गीय ढकालको सुनको औँठी खरिद गर्ने हेटौँडा–२ का ४८ वर्षीय नारायण बहादुर सुनार (नारायणी सुनचाँदी पसलका संचालक) लाई पक्राउ गरिएको हो ।

हेटौँडा १२ पानतलेमा अवस्थित बुद्ध माविमा अध्ययन सकाएर साथीहरुसँग खाजा खाएपश्चात हेटौँडा बजारबाट नवलपुर घर हिँडेका ढकाल करिब २० मिनेटकै अन्तरालमा हेटौँडा १ भैरवरोड जाने बाटोको जंगलमा मृत अवस्थामा फेला परेका थिए । उनको साथमा भएको मोबाईल र पर्समा भएका पैसासहितको सामान हराउनु, ब्यागमा भएका कागजपत्र छरपष्ट भेटिनु, उनले लगाएको औँठी हराउनु, मोटरसाईकल सामान्य अवस्थामा भेटिनु जस्ता कुराहरुले ढकाललको मृत्यूलाई रहस्यमय बनाएको थियो ।
हेर्नुहोस् भिडियो–

किन र कसरी भयो हत्या ? कसरी परे पक्राउ ? (प्रहरीको रिपोर्ट जस्ताको तस्तै)
मनोहर ढकालको हत्यारा सबुद सहित पक्राउ
वारदात मिति, समय–२०७५।०९।२५ गते अन्दाजी १७ः३० बजेको समयमा
घटनास्थल–जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नम्बर १ भैरवडाँडा जंगलमा
कसुर–ज्यान सम्बन्धी
घटनाको अनुसन्धानको लागि प्र.नि.मधु कुमार थापा समेत ७ जनाको टोली अनुसन्धानमा खटिएको ।
अनुसन्धानको बिधी :
प्रारम्भिक अनुसन्धान घटनास्थल मुचुल्काको क्रममा तालिम प्राप्त DOG को प्रयोगबाट शंकित व्यक्ति भागेको बाटोको सहि दिशाको मार्ग निर्देशित भएको ।
–पटक–पटक घटनास्थलको अवलोकन ।
–अन्दाजी १५० जना व्यक्तिसंग सोधपुछ ।
–केही व्यक्तिहरुको निगरानी ।
–प्रविधीको बिषेश प्रयोग ।
पक्राउ व्यक्ति :
जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नम्बर–११ बस्ने राजन पुडासैनीको छोरा बर्ष १९ को अनमोल पुडासैनी…….१ (संलग्न व्यक्ति)
जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नम्बर १ बस्ने पदम वाईबाको छोरा बर्ष १८ को प्रविण वाईबा……२ (संलग्न व्यक्ति)
सामान खरिदकर्ता :
जिल्ला मकवानपुर भिमफदी गा.पा.वडा नम्बर ६ बस्ने बर्ष ३१ को दिनेश थापा मगर (दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टरका संचालक)…….१
जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. २ बस्ने बर्ष ४८ को नारायण बहादुर सुनार (नारायणी सुनचाँदी पसलका संचालक)
बरामद सामान :
–सुनको औठी थान १
–भिभो कम्पनीको मोबाइल थान १
–हार्ड डिक्स र डाटा केवल
कारवाही– मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्ग कसुर गरेको हुँदा जन्म कैद समेत हुने ।
अपराध पृष्ठभुमी :
–मिति २०७५।०९।२५ गते साँझको १७ः१३ बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं. १ मा ऐ.ऐ. वडा नं. ११ बस्ने बर्ष ४२ को मनोहर ढकाल घाईते छ भनि अमृत वाग्लेले प्रहरीलाई जानकारी गराई यस कार्यालयबाट प्र.नि.समेतको टोली घटनास्थलमा १७ः३० बजे पुगेको ।
–मनोहर ढकाललाई घटनास्थलबाट तत्काल हेटौडा अस्पतालमा ल्याएको ५ मिनेट पछि डाक्टर मृत्यु घोषणा गरेको ।
–जु.प्र.अ.को कमाण्डमा तत्काल टोली खटाई घटनास्थल सुरक्षित राखिएको ।
–मिति २०७५।०९।२६ गते बिहान ०७ः०० बजेको समयमा प्र.नि.मधु कुमार थापा समेतको टोली घटनास्थलमा खटि गई घटनास्थल मुचुल्का समेत गरी अनुसन्धान सुरु गरेको ।
–मिति २०७५।०९।२६ गते बिहान ०८ः३० बजेको समयमा घटनास्थलको अनुसन्धानको लागि अपराध संग सम्बन्धित DOG शाखाको बिशेषज्ञ सहितको DOG को प्रयोग गरिएको ।
–घटनास्थलबाट मृतकको : एम लेखेको सुनको औठी, मोबाईल र हार्ड डिक्स लगाएत लुटि लगेको ।
–घटनासंग सम्बन्ति ईलाकाको १५० जना बढी व्यक्तिहरुसंग सोधपुछ गरेको तथा घटनास्थलको पटक–पटक अवलोकन गरिएको ।
–घटना सम्बन्धमा मृतक लगायत शंकास्पद व्यक्तिहरुको फोन नम्बरहरुको अनुसन्धानको शिलशिलामा प्राबिधीको बिशेष प्रयोग गरेको ।
–मिति २०७५।१०।०४ गते १३ः३० बजेको समयमा मृतकको मोबाईल फेला पारी दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टर पसलबाट बर्ष ३१ को दिनेश थापा मगरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ बस्ने बर्ष १९ को अनमोल पुडासैनीसंग रु.१०,०००।–मा खरिद गरेको कुरा बताएको, नागरिकताको छायाँकपी समेतबाट खुलेको ।
–अनुसन्धान गर्दै जाँदा मिति २०७५।१०।०४ गते १७ः०० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.४ स्थितबाट घटनामा संलग्न मुख्य अनमोल पुडासैनी, प्रविण वाईबालाई पक्राउ गरेको ।
पक्राउ व्यक्तीहरु संग सोधपुछ गर्दा–
–मिति २०७५।०९।२५ गते साँझ अं.१६ः४५ बजेको समयमा हामीहरु बसी गफ गरी रहेको ठाँउमा निज मनोहर ढकाल आई भाईहरु तिमीहरु जंगलमा किन बसेको बदमासी गर्न बसेको हो प्रहरीलाई बोलाई दिउँ भनी हामीलाई धम्क्याउँदा हामीले पनि किन त्यस्तो भनेको भनि हाम्रो बिचमा बादबिवाद भईरहँदा निजको हातमा रहेको सुनको औठी र झोला समेत बोकेकोले प्रलोभनमा परी निजले चलाएर आएको ना.२३ प ६३३८ नं. को डिस्कभर मोटरसाईकल स्टार्ट अवस्थामानै रहेको अवस्थामा हात समाती तानी लडाई घाटी थिची निजले लगाएको ः लेखेको सुनको औठी, पर्स, हार्ड डिक्स र झोला समेत खोसी मुखमा मुक्काले हिर्काई मार्ने नियतले घटनास्थलमा ढुंगा भएको खोल्सीमा धकेली दिएको र मोबाईल, सुन र पर्समा भएको रु.५००।–लिई पर्स खोल्सीमा फालेको, झोलामा केही नभएकोले झोला पनि फाली हार्ड डिक्स समेत लिई घटनास्थलबाट फरार भएको ।
–मिति २०७५।०९।२६ गते जिल्ला मकवानपुर हेटौडा उ.म.न.वडा नं.२ स्थित नारायणी सुनचाँदी पसलमा एम लेखेको सुनको औठी बेचेको र उक्त सुनचाँदी पसलका संचालक बर्ष ४८ को नारायण बहादुर सुनारको पसलबाट उक्त औठी बरामद गरी निजलाई नियन्त्रणमा लिएको ।
–हार्ड डिक्स र डाटा केवल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं. ४ एन.सेल कार्यालय पछाडी मदन रिजालको घरकोठा भाडामा लिई बस्ने गरेको अनमोल पुडासैनीको डेराकोठाबाट बरामद गरेको ।
–घटनाको बारेमा थप अनुसन्धान भईरहेको ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*