सञ्चारकर्मी मनोहर ढकालको हत्या आरोपमा ३ जना पक्राउ

५ माघ २०७५, शनिबार ०२:१०
Manohar Dhakal-Murchunga TV

मकवानपुर ०५ माघ । मकवानपुरका संचारकर्मी मनोहर ढकाल गत पुस २५ गते मृत अवस्थामा भेटिएपछि सुक्ष्म अध्ययन थालेको मकवानपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

ढकालको हत्यामा संलग्न भएको भन्दै ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई शनिबार बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गर्ने बताइएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले ३ जना पक्राउ गरिएको पुष्टि गरेका छन् ।

हेटौँडा १२ पानतलेमा अवस्थित बुद्ध माविमा अध्ययन सकाएर साथीहरुसँग खाजा खाएपश्चात हेटौँडा बजारबाट नवलपुर घर हिँडेका ढकाल करिब २० मिनेटकै अन्तरालमा हेटौँडा १ भैरवरोड जाने बाटोको जंगलमा मृत अवस्थामा फेला परेका थिए । उनको साथमा भएको मोबाईल र पर्समा भएका पैसासहितको सामान हराउनु, ब्यागमा भएका कागजपत्र छरपष्ट भेटिनु, उनले लगाएको औँठी हराउनु, मोटरसाईकल सामान्य अवस्थामा भेटिनु जस्ता कुराहरुले ढकाललको मृत्यूलाई रहस्यमय बनाएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*