पदमपोखरी ठूलोथलीमा ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने

४ माघ २०७५, शुक्रबार १४:२१
Lhochhar Padampokhari Thulothali-Murchunga TV

हेटौँडा, ०४ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी ठूलोथलीमा ल्होछारका अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बँदेल बर्ग) सोनाम ल्होछारको अवसरमा माघ २५ गते ठूलोथलीस्थित गुम्बा डाँडामा साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

ल्होछारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्नका लागि संगिता वाईबाको संयोजकत्वमा १३ सदस्यीय ल्होछार मुल समारोह समिति समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा प्रेमबहादुर गोले, रामलाल गोले, शंकर मोक्तान, मदनकुमार बल, भुवन मोक्तान, जीवन स्याङ्तान, दिलिप थिङ, कृष्णबहादुर मोक्तान, सुरेश गोले, बिरबहादुर गोले, सिता थिङ र ध्यानबहादुर दोङ रहेका छन् ।

त्यस्तै सल्लाहकारहरुमा वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार वाईबा, कुमार सिं बज्यू, सुकुमबहादुर मोक्तान, भिमबहादुर थिङ लगायत रहेका छन् ।ल्होछारमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिनेछन् । कार्यक्रमका लागि ३ जना राष्ट्रिय कलाकारहरु आउने निश्चित भइसकेको र अन्यसँग पनि कुरा भईरहेको संयोजक वाईबाले बताईन् । राष्ट्रिय कलाकारहरु टिका भोम्जन, अनिल लामा वाईबा र जगत लामा घिसिङ कार्यक्रममा आउने पक्का भईसकेको छ । संयोजक वाईबाले सामाजिक सञ्जालमार्फत सबैलाई कार्यक्रममा सहभागिताका लागि आह्वान गरेकी छिन् ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*