मकवानपुरका तामाङहरु तात्तिए : हेटौँडामा प्रथम सोनाम ल्होछार महोत्सवको तयारी

हेटौँडा, ०३ माघ । ठूलो संख्यामा तामाङ समुदाय बसोबास गर्ने जिल्लाका रुपमा परिचत मकवानपुरमा यसै वर्षदेखि सोनाम ल्होछार महोत्सव हुने भएको छ । तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बँदेल बर्ग) सोनाम ल्होछारको अवसरमा ‘प्रथम ल्होछार महोत्सव’ हुने भएको हो ।
ल्होछार महोत्सव आयोजना गर्ने बारे बुधबार हेटौँडामा तामाङ गुठी, गुम्बा, र घेदुङका पदाधिकारीहरुबिच भएको संयुक्त बैठकले यही माघ २१ र २२ गते दुई दिन ल्होछार महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सव सफल बनाउन ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तानको संयोजकत्वमा १ सय ५१ सदस्यीय ल्होछार महोत्सप मूल समारोह समिति गठन गरिएको छ । ‘सोनाम ल्होछारको प्रबद्र्धन, हाम्रो साँस्कृतिक सरोकार ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार’ भन्ने मुल नारामा साथ प्रथम ल्होछार महोत्सव आयोजना गर्न लागिएको संयोजक आत्माराम मोक्तानले बताए । ‘भाषा, धर्म, संस्कृति तामाङको पहिचान, उत्पादन निर्माण र तामाङ जातिको लोप हुन लागेको सँस्कृतिलाई संरक्षण, सम्बर्दन र प्रबर्दन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो’, उनले भने ।
ल्होछार महोत्सव सफल पार्नका लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरिएको छ । समितिको आर्थिक संयोजकमा डोल्मा स्याङ्बो, मञ्च तथा साउण्ड सिस्टम ब्यबस्थापनमा सबिन मोक्तान, पुजा ब्यबस्थापनमा काजिमान तितुङ, कला साँस्कृतिक संयोजकमा कृष्ण बहादुर मोक्तान, प्रचारप्रसार संयोजकमा दिल बहादुर लामालाई चयन गरिएको छ ।
महोत्सवमा तामाङ खाना परिकार, लत्ताकपडा, पुस्तक प्रदर्शनी, लामा प्रशिक्षण तथा प्रबचन, लगायत ताम्बा, झाँक्री लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताईएको छ । जिल्लाभित्रका सम्पूर्ण तामाङ जातिलाई एकताको सुत्रमा बाँध्न पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवको अवसरमा तामाङ लोकसँस्कृतिमा आधारित विभिन्न संस्कृति तथा कला, गीत र नृत्यको समेत प्रदर्शन गरिने तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष कलासँस्कृति संयोजक कृष्ण मोक्तानले बताए ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)