हेटौँडामा १३ लाख रुपैयाँको अवैध कपडा बरामद

१ माघ २०७५, मंगलवार ११:५७
Kapada Baramad-Murchunga TV

हेटौँडा, ०१ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ नन्दस्थान रोडबाट १३ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक मधु कुमार थापा समेतको टोलीले बिशेष सूचनाको आधारमा मंगलबार दिउँसो कपडा बरामद गरेको हो ।

नन्दस्थान रोड किनारमा भन्सार छलि, चोरी पैठारी गरी बिक्री बितरण गर्नको लागि राखेको अवस्थामा ७ वटा प्लास्टिकको बोरा भित्र विभिन्न साडी, कुर्ता र कोट लगाएतका कपडाहरु अन्दाजी नेपाली रुपैयाँ १३ लाख २४ हजार मुल्य बराबरको कपडा फेला पारेको हो । बरामद भएको कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । उक्त कपडा कसको हो भन्ने विषयमा समेत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*