
नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि माघ ४ गते हेटौँडामा नागरिक दबाब सभा हुने

हेटौँडा, ०१ माघ । नेवाःताम्सालिङ समन्वय समितिको आयोजनामा यही माघ ४ गते हेटौँडामा ‘नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि नागरिक दबाब सभा’ हुने भएको छ । मंगलबार बिहान हेटौँडामा अवस्थित न्यूज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले नागरिक दबाब सभाको सबै तयारी सकिएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेवाः ताम्सालिङ समन्वय समितिका संयोजक मोहन गोलेले माघ ४ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ फरेष्ट्रिबाट दबाब र्याली सुरु हुने र बुद्धचोकमा आएर सभामा परिणत हुने बताए । नागरिक दबाब सभामा प्रदेश नम्बर ३ का सांसद तथा पूर्व सांसदहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।

Mohan Gole-Murchunga TV
नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि प्रदेश नम्बर ३ का सबै सांसद, जिल्ला समन्वय समिति मार्फत प्रधानमन्त्री, मुख्यमन्त्री लगायतका सबैलाई ज्ञापन पत्र बुझाइसकेको उनले बताए । ज्ञापन पत्रका र बिगतमा राज्य पक्षसँग भएको सहमति तथा संविधानको व्यवस्था विपरित पहिचानको मुद्धालाई गलत ब्याख्या गरेर केही समूहले नदिनाला, पहाड र धर्मको नाममा प्रदेशको नामाकरण गर्ने षड्यन्त्र गर्न लागि परेको उनले आरोप लगाए । नेवाः ताम्सालिङ प्रदेश नामाकरणमा नेवार र तामाङ समुदाय मात्र नभई आदिवासी जनजातिका १३ वटा संगठन समेत एकढिक्का भई अगाडि बढेको उनले बताए । आदिवासी जनजाति सहितको मुद्धा तथा ऐतिहासिक दस्तावेजलाई षड्यन्त्र पूर्वक कुनै एकजातिका नाममा सिध्याउने खेल भएको भन्दै उनले नागरिक दबाव सभापछि पनि माग पुरा नभए कडा संघर्षमा उत्रने बताए ।
पत्रकार सम्मेलनमा नेवाः ताम्सालिङ समन्वय समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाकार बुद्ध लामा, नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरको संयोजक तथा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिला कुमार घलान, उपाध्यक्ष कालु घलान, नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरका संयोजक योगेश्वर श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष तिर्थ थापा मगर, नगर समन्वय समिति अध्यक्ष जंगबहादुर तमु, नेपाल तामाङ घेदुङ मकवानपुरका सल्लाहकार शुभरत्न गोले, नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर लगायतको आतिथ्यता रहेको थियो ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)