‘प्रदेश ३ को नाम ‘नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण नराखे शसस्त्र विद्रोह सुरु हुन्छ’–मोहन गोले

१ माघ २०७५, मंगलवार ११:११
Mohan Gole-Murchunga TV

हेटौँडा, ०१ माघ । नेवाःताम्सालिङ समन्वय समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले प्रदेश नम्बर ३ को नाम ‘नेवाः ताम्सालिङ प्रदेश’ नराखेको दिनदेखि नै अनन्त कालसम्म लड्ने सशस्त्र विद्रोहको सुरु हुने चेतावनी दिएका छन् । समितले यही माघ ४ गते हेटौँडामा नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि गर्न थालेको नागरिक दबाब सभाका बारेमा जानकारी दिन मंगलबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै गोलेले यस्तो चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै गोलेले नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि प्रदेश नम्बर ३ का सबै सांसद, जिल्ला समन्वय समिति मार्फत प्रधानमन्त्री, मुख्यमन्त्री लगायतका सबैलाई ज्ञापन पत्र बुझाइसकेको बताए । ज्ञापन पत्र र बिगतमा राज्य पक्षसँग भएको सहमति तथा संविधानको व्यवस्था विपरित पहिचानको मुद्धालाई गलत ब्याख्या गरेर केही समूहले नदिनाला, पहाड र धर्मको नाममा प्रदेशको नामाकरण गर्ने षड्यन्त्र गर्न लागि परेको उनले आरोप लगाए । आदिवासी जनजाति सहितको मुद्धा तथा ऐतिहासिक दस्तावेजलाई षड्यन्त्र पूर्वक कुनै एकजातिका नाममा सिध्याउने खेल भएको भन्दै उनले नागरिक दबाव सभापछि पनि माग पुरा नभए कडा संघर्षमा उत्रने बताए । नेवाः ताम्सालिङ प्रदेश नामाकरणमा नेवार र तामाङ समुदाय मात्र नभई आदिवासी जनजातिका १३ वटा संगठन समेत एकढिक्का भई अगाडि बढेको उनले बताए ।

नेपाली काँग्रेसदेखि सत्तासिन पार्टीले समेत पहिचानका आधारमा प्रदेशको नामाकरण हुने कुरालाई चुनावी घोषणा पत्रका लेखेको, आदिवासी आन्दोलन तथा जनआन्दोलनको माग तथा संविधान विपरित गएर प्रदेशको नामाकरण गर्न खोजिएको भन्दै प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु भनेको जातियताका आधारमा राज्य बाँडफाँड गर्नु भन्ने भ्रम केही समुहले छरेको उनले आरोप लगाए । नेपाल बाहेक पनि विश्वका विभिन्न देशमा करिब ५ सयभन्दा बढी जाति भएता पनि पहिचानका आधारमा प्रदेशको नामाकरण गरिएको उदाहरण दिँदै जाति–जातिको मुद्धा भन्दै गलत अफवाह फैलाउनेहरुको भ्रम चिर्न समेत नागरिक दबाब सभा गर्न लागिएको उनले बताए । संविधान, जनआन्दोलन र आदिवासी जनजातिको माग विपरित प्रदेशको नामाकरण भएमा नामाकरण भएको दिनदेखि नै अनन्त कालसम्म लड्ने सशस्त्र विद्रोहको सुरु हुने उनले चेतावनी दिए ।

पत्रकार सम्मेलनमा नेवाः ताम्सालिङ समन्वय समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाकार बुद्ध लामा, नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरको संयोजक तथा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिला कुमार घलान, उपाध्यक्ष कालु घलान, नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरका संयोजक योगेश्वर श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष तिर्थ थापा मगर, नगर समन्वय समिति अध्यक्ष जंगबहादुर तमु, नेपाल तामाङ घेदुङ मकवानपुरका सल्लाहकार शुभरत्न गोले, नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर लगायतको आतिथ्यता रहेको थियो ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*