
मंगलबारदेखि ३ दिनसम्म तामाङ चलचित्र ‘सेमरिन मुला माया’ मकवानपुरमा प्रदर्शन हुँदै

मकवानपुर, ०१ माघ । चर्चित तामाङ कथानक चलचित्र ‘सेमरिन मुला माया’ मकवानपुरको सम्झना मेलामा मंगलबारदेखि ३ दिनसम्म प्रदर्शन हुने भएको छ । तामाङ सँस्कारमा स्वाँगेभाई हुने परम्परामा आधारित चलचित्र मकवानपुरको बागमती गाउँपालिका स्थित माझगाउँमा आजदेखि माघ ३ गतेसम्म हुने सम्झना मेलामा प्रदर्शन गरिन थालिएको चलचित्रका निर्देशक तथा नायक संजय लामाले बताए ।
प्रत्येक वर्ष माघको १ गतेदेखि ३ गतेसम्म सम्झना मेला हुनेगर्दछ । उक्त भेगमा तामाङको बाहुल्यता भएको कुरालाई मध्यनजर गर्दै चलचित्र देखाउन थालिएको आयोजक मध्येका विवेक तामाङ र सागर तामाङले बताएका छन् । मेलामा सहभागी हुन चलचित्रको मुख्य कलाकार संजय लामा, सुनौलो समाज डटकमका प्रधान सम्पादक शुवाङ मोक्तान लगायतको टोली मेलास्थलमा पुगिसकेका छन् । मंगलबारदेखि हरेक साँझ र सम्भव भएमा दिउँसो पनि चलचित्र प्रदर्शन हुनेछ । चलचित्र हेर्न मकवानपुरको बाग्मती गाउँपालिका आसपासका क्षेत्र सहित सिन्धुली तथा मकवानपुरका अन्य भेगबाट समेत दर्शकहरु पुग्ने अपेक्षा गरिएको छ ।
चलचित्रलाई यस अघि सर्लाहीमा प्रिमियर शो पश्चात काठमाडौँ उपत्यकाका विभिन्न हलहरुमा प्रदर्शन गरिएको थियो । विभिन्न शो सँगै माउथ पब्लिसिटीका कारण चलचित्रले थप चर्चा पाएको छ । नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।
राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् । सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् ।
‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ । हेर्नुहोस् चलचित्रको ट्रेलर–
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)