
नेवाःताम्सालिङ समन्वय समितिको नागरिक दबाब कार्यक्रम बारे आज पत्रकार सम्मेलन

हेटौँडा, ०१ माघ । नेवाःताम्सालिङ समन्वय समितिको आयोजनामा मंगलबार बिहान हेटौँडामा पत्रकार सम्मेलन हुने भएको छ । समितिको आयोजनामा माघ ४ गते हेटौडामा हुने नागरिक दबाब सभा र प्रदेश नामाकरणको विषयमा पत्रकार सम्मेलन गर्न लागिएको नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए ।
बिहान ११ बजे हेटौँडामा अवस्थित न्यूज क्लब नेपालमा पत्रकार सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा सहभागी भई माघ ४ गतेको कार्यक्रमलाई भव्य बनाउन सहयोगका लागि घलानले आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले लगायतका अतिथिहरु सहभागी हुनेछन् ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)