आज हेटौँडामा ‘थारु माघी महोत्सव’, यस्तो छ महोत्सवस्थल (फोटो फिचर)

१ माघ २०७५, मंगलवार ०२:२६

–चन्द्र घलान/मकवानपुर, ०१ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित वासुदेव सभागृहमा मंगलबार ‘प्रथम थारु महोत्सव २०७५’ हुँदैछ । यस वर्ष पहिलो पटक थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी सभा, थारु महिला सभा र थारु युवा सभा मकवानपुरको संयुक्त आयोजना र विभिन्न संघ संस्थहरुको सहयोगमा माघी महोत्सव मनाउन थालिएको हो । महोत्सवको हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रथम थारु माघी महोत्सव २०७५ मूल आयोजक समारोह समिति मकवानपुरका संयोजक हरिलाल चौधरी थारुले बताएका छन् । यद्यपि मेला भने बिहानबाट नै सुरु हुनेछ । महोत्सवस्थललाई आकर्षक ढंगले सिंगारिएको छ । हेरौँ केही तस्बिरहरु-

Pratahm Tharu Maghi Mahotsab 2075-Murchunga TV 6

तस्बिरहरु–चन्द्रकान्त चौधरीको फेसबुकबाट

आयोजकका अनुसार माघी महोत्सवमा सांस्कृतिक झाँकी सहित नगर परिक्रमा गरी बासुदेव सभागृहमा पुगेर मूल समारोह सभामा परिणत हुने कार्यक्रम रहेको छ । महोत्सव स्थलमा थारु जातिको ऐतिहासिक दस्तावेज, वस्तु र सीपकला, हस्तकलाको प्रदर्शनीको एक छुट्टै स्टलको व्यवस्था रहने बताइएको छ । थारु जातीले खाने गरेका विशेष परिकारहरुको सःशुल्क स्टल रहने छ । महोत्सव अवलोकनमा आउने दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नको लागि थारु जातिको सांस्कृतिक नाचगानको समेत व्यवस्था मिलाइएको छ जसमा आन्तरिक तथा बाह्य कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सव अवलोकनमा प्रतिव्यक्ति प्रवेश शूल्क रु २० लाग्ने बताइएको छ ।

थारु जातीको सांस्कृतिक, लोक कला, भाषा दर्शन, साहित्य, रितिरिवाज र थारु खानपिन परिकारहरुको व्यवसायीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा प्रचार प्रसार गर्ने, थारु समुदायमा लुकेर रहेको प्रतिभाहरुलाई प्रष्फुटन गराई उनीहरुको योग्यता तथा क्षमतालाई स्थापित गराई आदिवासी जनजातीका अधिकारका सवालमा जागरुक गराई राष्ट्रिय विकास र श्रोत साधनमा सिंगो आदिवासी थारु समुदायको पहुँचलाई अगाडी बढाउन सहयोगीको भूमिका खेल्नको साथै आन्तरिक पर्यटन क्षेत्रमा विकास र विस्तार गरि ग्रामिण अर्थतन्त्रमा थप टेवा पुर्याउने उदेश्यले माघी थारु महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ ।

करिब ४ लाख ५ हजार खर्च हुने अनुमान गरिएको महोत्सवलाई हेटौँडा उपमहानगरपालिका, शिवम् सिमेन्ट, बानियाँ कन्स्ट्रक्सन लगायत विभिन्न संघ संस्था, कम्पनीहरुको सहयोग रहेको छ । यस महोत्सवमा करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*